कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन सुरु भएको छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज निर्वाचन सुरु भएको हो ।

कोशी प्रदेशमा दुई पदका लागि आज प्रदेश निर्वाचन कार्यालयमा मतदान सुुरु भएको छ ।  बिहान ९ बजे देखि ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ । 

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । राष्ट्रिय सभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ ।