लिम्बु समुदायको सांस्कृतिक कथामा आधारित चलचित्र सुगुप हङकङमा प्रिमियर गरिने भएको छ ।

आगामी फेब्रुअरी १० शनिबार अर्थात माघ २७ गते वाम्पो सिनेमामा प्रिमियर हुने भएको हो । शनिबार हङकङमा पत्रकार सम्मेलन गरेर फिल्मको प्रिमियर बारे जानकारी गराइएको हो । सुगुपका मुख्य निर्माता, प्रस्तुतकर्ता तथा कलाकारको कर्मक्षेत्र हङकङ नै रहेकाले यहिं प्रिमियर गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

लिम्बु जातीमा प्रशव व्याथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म एक करोड रुपैयाँ  लागतमा निर्माण भएको जनाइएको छ ।

लोकेन साँवाको निर्देशनमा बनेको फिल्ममा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ लिम्बु लगायतको अभिनय रहेको छ । देबेन्द्र खापुङको पटकथा रहेको सुगुपको प्रस्तुतकर्ता रबिनकुमार नाल्बो हुन् । फिल्मको छायाँकन युवराज राईले र सम्पादन बिपिन मल्लले गरेका छन् ।

अशोक लोहरुङ राईको संगीत रहेको फिल्ममा राजेशपायल राई, अञ्जु पन्त, मनु नेम्बाङ, सुनिता थेगिम, भीम लिम्बु, रुक्मान लिम्बु र खगेन्द्र यक्सोले स्वर दिएका छन् भने यासेली योङहाङ र जानु काम्बाङको शब्द रहेको छ ।