चर्चित मोडल तथा कोरियोग्राफर प्रिया रानी लामा चितवन कलेज अफ कुकरीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।

मिस कस्मोपोलिटन वल्र्ड २०१९ कि विजेता तथा मिस पूर्वाञ्चल २०१० की फस्टरनरअप समेत रहेकी प्रिया रानीलाई कलेजले एक वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । 

कलिनरी सोलुसन अष्ट्रेलिया इन्टरनेशनलसँग सम्बन्धन लिएर दुई वर्षअघि खुलेको कलेजले विद्यार्थीहरुलाई शीपमुलक तालिम प्रदान गर्दै आएको छ । यो चितवनमा अन्तर्राष्ट्रिय सम्बन्ध लिएको पहिलो कलेज समेत रहेको बताइएको छ ।

कलेजले ६ महिना कोर्ष गराएर बाँकी ६ महिना भारतको नयाँ दिल्लि स्थित ताज फ्लाईट क्याटरिङमा इन्टर्नशीप गराउँदै आएको छ । साथै इड्भान्स सेफ तालिम समेत प्रदान गरिने जनाईएको छ ।

IMG-20240112-WA0007