नेवा साँस्कृति उत्थान मञ्चले धरानमा बहुजातीय साँस्कृतिक धिमे बाजा, बासुरी बाधवाद राष्ट्रिय  मौलिक जातिय लोक  नृत्य प्रतियोगिता  धे धे वल्ला यहि पौष २७ गते गर्ने भएको छ। पौराणिक मान्यता अनुसार १५ सय बर्ष देखि ५ बर्ष पुरानो नेवारी जातिको आफ्नो मौलिक बोकेको चर्या नृत्य देवी  देवताको  नृत्य रहेको मानिन्छन्।

 नेवारी संस्कार र संस्कृतिको जगणा गर्ने उदेश्य नेवार समुदायले  ०७१ साल देखि धें धें प्रतियोगिता गर्दै आएको  नेवा संस्कृति उत्थान मञ्चकी अध्यक्ष ममता टमटले बताएकी छन् । उनले धरानमा धिमे बाजा,बाँसुरी बाधवादन सिकाएर नेवारी संस्कृतिको जगणा  गर्ने उदश्यले नयाँ पुस्ताहरुले यसलाई संरक्षण गर्दैै अगाडी बढाउन भने धारणले विगतको  बर्ष भन्दा फरक तरिकाले प्रचारप्रसार गरेर धें धें वल्ला नृत्य   प्रतियोगिताको  बारे जानकारी गराउन पत्रकार सम्मेलन  गरेको बताईन्। 

विगतका बर्षहरुमा यो  कार्यक्रम भब्यता पुर्ण गरेपनि प्रचारप्रसार  नहुदा कतिपय नेवार समुदायलाई नै यस प्रतियोगिता बारे जानकारी नहुदा यो नृत्य ओझेलमा पर्दै जाने होकि भनेर नयाँ पुस्ताहरुमाझ  पुराउने गरि कार्यक्रम गर्ने बताईन्।

IMG20240110142659 1

नेवा देय दवुका धरान नगर अध्यक्ष  मनोहर शाक्यले गत बर्ष  भन्दा फरक र धेरै प्रतियोग संख्या बढाउन यो बर्ष निस् शुल्क  धिमे बाजा ,बाधवाद सिकाएको बताएका छन्। उनले करिब ४ लाखको लागत कार्यक्रम गर्ने धरान उपमहानगरपालिकाको उपमेयर कोषबाट र स्थानीय विभिन्न संघसंस्थाले कार्यक्रममा सहयोग गर्ने बताएका छन्।

प्राकृतिक  सम्पदाले भरिपुर्ण रहेको धरानका मठमन्दिर लगाए विभिन्न जातजाति ,भाषाभाषी,लोकगीत, लोक साँस्कृतिकको नृत्यलाई प्रचारप्रसार गरि धरानलाई आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षितगर्ने लक्ष्य राखेर युवाहरुलाई आफ्नो  सीप कला र पुर्खाले मानि आएको धर्मको जगणा गर्न होसला प्रधान गर्ने उदेश्यले धरानमा वडा स्तरीय प्रतियोगिता गर्ने लागेको बताएका छन्। 

 धरान   वडा नम्बर १४ ,१५ र ७ का नेवा साँस्कृतिक कला पञ्जका विधार्थीहरु विच प्रोत्साहन निम्ति प्रतियोगिता गराउने  बताए।  धें धें वल्ला नृत्य तेस्रो बज्रयोगिनी देविले मानव शरीरमा रहेको विभिन्न योगिनी दशाहरुलाई सुरक्षित राखी मानव जिवनको चक्र लाई सहजता पुर्वक सञ्चालन  गर्ने र राजा मणिचुड बोद्विसत्व (काठमाडौं नमो बुद्व)रक्षार्थ उत्पति भएको धार्मिक आस्थाले यो नृत्य  देवि देवताको उच्चतम् देविको रुपमा नेवार जातिले यो नृत्य  गर्दै आएको मान्न्छि । 

 उक्त कार्यक्रम सिद्घि  नेवा परिषद् भवन धरान ७ मा गरिने गत बर्ष भन्दा केहि फरक  किसिमले नौलोपन बनाउन धें धें वल्ला ०८० तथा  धिमे प्रतियोगितामा गरिने  र विजेता  भएका टिमले जिल्ला स्तरीय नृत्यमा सहभागी हुन पाउने शाक्यले बताएका छन्।