अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिकागो च्याप्टरको अध्यक्षमा गीतकार भिम राई ‘प्रदेशी’ निर्वाचित भएका छन् । 

हालै सम्पन्न तेस्र्रो साधारण सभाले गीतकार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले सन् २०१७ मा स्थापना भएको अनेसासले नेपाली भाषा र साहित्यिक उत्थानका लगि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

राईको अध्यक्षतामा गठित अनेसास सिकागो च्याप्टरको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण न्यौपाने, उपाध्यक्षमा गोपाल जिसी, सचिवमा तुलसी मैनाली र कोषाध्यक्षमा मीनादेवी पाण्डे चयन भएकी छन् ।

त्यस्तै सदस्यहरुमा सारदा गौतम, निरज श्रेष्ठ, यादव न्यौपाने, भोजराज पाठक, समुद्र वास्कोटा, कृष्ण उप्रेती, दुर्गा घिमिरे, मञ्जु ढुंगाना र चन्द्रा न्यौपाने रहेका छन् ।