गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम ‘गीत गुञ्जन २०८०’ भव्य रुपमा सम्पन्न भएको छ ।

हाम्रो बहुमुखी पाठशालाको आयोजनामा बिहिबार सम्पन्न सांगीतिक कार्यक्रममा उनीहरुले करिब एक दर्जन गीत प्रस्तुत गरेका थिए । गायक कृष्णभक्तले एकल रुपमा चार वटा गीत प्रस्तुत गरेका थिए भने जुनीले एउटा एकल गीत गाएकी थिईन् । त्यस्तै दुवै गायक गायिकाले संयुक्त रुपमा सातवटा गीत प्रस्तुत गरेका थिए । धनकुटा ७ स्थित हाम्रो बहुमुखी पाठशालाको खेल मैदानमा सम्पन्न कार्यक्रममा उनीहरुले ब्यान्ड सहित गीत प्रस्तुत गरेका थिए । 

गायिका जुनीले कार्यक्रममा सोचेभन्दा धेरै दर्शक सहभागी भएको भन्दै कार्यक्रम भव्य भएको जानकारी दिईन् । उनले धनकुटामै पहिलो पटक लाईभ ब्याण्ड सहित कार्यक्रम आयोजना भएको बताईन् ।