उदयपुरको त्रियुगा नगरपालिकामा सहरकारी संस्थाका सञ्चालकहरुलाई वित्तिय व्यवस्थापन र प्रविधि सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतको प्रमुख आतिथ्य र बचत तथा ऋण सहकारी संस्था संघ उदयपुरका सदस्य जलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीहरुलाई प्रविधिमैत्री र चुस्त व्यवस्थापन बारे अभिमुखीकरण गरिएको हो ।

त्रियुगा नगरपालिकाको आयोजना र एलसिईआई टेक्नोलोजी प्रालिको स्थानीय समन्वयमा भएको अभिमुखीकरणमा त्रियुगा नगरपालिकाका सहकारी शाखा अधिकृत विश्वजीत राई विशेष अतिथि तथा अतिथिहरुमा प्रथम आईटि सोलुसन प्रालिका अध्यक्ष लोकप्रिय खनाल, क्यान फेडेसनका केन्द्रीय सचिव भुपेन्द्र मैनाली, लेखा प्राविधिज्ञ मनिराज थापा, प्रथम आईटी सोलुसनका इटहरी शाखा प्रबन्धक सुरज चिमोरिया, नगरपालिकाका सहकारी शाखाका नायव सुब्बा निर्मला दाहाल लगायत रहेका थिए ।

कार्यक्रमका सहभागीहरुले प्राविधिक ज्ञान बारे धेरै कुरा सिक्न पाएको बताएका छन् ।