भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले ६६४ मत प्राप्त गर्दा ३३ मतान्तरले विजयी पौडेलले ६९७ मत प्राप्त गरेका थिए । 

समितिको उपाध्यक्षमा कुमारी बस्नेत, सचिव पदमा देवनारायण चौधरी, कोषाध्यक्षमा नीरकुमार कार्की र सहसचिवमा नरेशकुमार राई विजयी बनेका छन् ।

कुल मतदाता ३ हजार ९ सय ६२ मध्ये २ हजार २ सय १५ मत खसेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मण चौधरीले जानकारी दिए ।

बदर मत ९८ रहेको थियो । गत पुस १० गते भएको  निर्वाचनको मत परिणाम आज बिहान ४ बजे निर्वाचन समितिले सार्वजनिक गरेको हो । सदस्य पद र लेखा समिति सदस्यको मत गणना जारी छ ।