धरान- १७ स्थित एन्फा एकाडेमी फुटबल मैदान जाने बाटोमा गत वर्ष निर्माण गरिएको एन्फा एकाडेमी सप्तरङ्गी प्रवेशद्वार बुधबार अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पङ्कज नेम्वाङले रिबन काटेर उद्घाटन गरेका छन्। 

पूर्वकै एक उत्कृष्ट सहरको रुपमा चिनिएको धरान फुटबलको उर्भभूमि, खेलाडी उत्पादन गर्ने सहरका रुपमा रहेको उद्घाटन कार्यक्रममा अध्यक्ष नेम्वाङले बताए। 

खेल मैदान जाने गेटमा एन्फा एकाडमी सप्तरंगी पार्क यी दुवैलाई जोडेर नामकरण गरी बनाएको प्रवेशद्वारले वास्तवमा धरान एक फुटबलको सहर भनेर धरान आउने आगन्तुकले समेत पहिचान गर्न सक्ने हुँदा यो निर्माण योजना गरेकोमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईलाई धन्यवाद दिए।  

IMG20231227130238

'धरान एउटा त्यस्तो शहरको जहाँ फुटबलक‍‍ो लोकप्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने सहर भएकाले पछिल्लो समय फुटबल खेलमा धरानवासीको बाहुल्यता निकै बढ्दै गएको छ।' अध्यक्ष नेम्वाङले भने। 

कार्यक्रम संयोजक तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले एन्फा एकाडेमीलाई खेल क्षेत्रको पहिचान गर्न धरानका उत्कृष्ट खेलाडी, नेपालको बलियो खेलाडी राज भगत, नेपालमा कराते खेलमा नाम राख्ने थानेश्वरजस्ता खेलाडीहरुको प्रतिमा राखेर उनीहरुको जीवनी अवलोकन गर्ने खेलकुद पर्यटन पार्क बनाउने योजना रहेको बताए। 

अध्यक्ष राईले उद्यान कार्यक्रमसमेत संचालन गर्ने, सभा हल निर्माण गरेर धरानको फुटबलबारे अवलोकन गर्ने, धरान फुटबलको सहर हो, भनेर पहिचान गराउने पार्क निर्माण गर्ने बताए।