भिजन फिटनसको आयोजनामा धरानस्तरीय पाँचौ  जुनियर भिजन च्यापियनसिप फागुन १९ गते हुने भएको छ।  

सहभागी प्रतियोगीले ५५, ६०, ६५ र ७० केजी  वजन समूहमा स्पर्धा गर्नेछन् । भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठका अनुसार  ४ लाख ८५ हजार अनुमानित लागतमा प्रतियोगिता आयोजना गरिने छ। 
प्रतियोगिता धरानभरिका फिटनेस कल्बले सभागिता जनाउने बताइएको छ । बढी खेलाडी  सहभागी गराउने क्लबलाई ५ हजार पुरस्कार र मेडल प्रदान गर्ने अध्यक्ष श्रेष्ठले बताए।  

IMG20231227114633
अन्य फिटनेश स्पर्धामा विजयी भएका खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । नयाँ खेलाडीको सहभागित वृद्धि गर्न यस्तो प्रावधान ल्याएको अध्यक्ष श्रेष्ठले बताए।  
जुनियर भिजनमा सभागी विजेताले प्रथम पुरस्कार ५० हजार, दोस्रो २५ हजार, तेस्रो १५ हजार र चौथो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगितामा बेस्ट पोजर, बेस्ट  ईम्पोरोम्यान, बेस्ट मस्कुलर र बेस्ट टिम गरी ४ वटा विधामा जनही ५ हजार रुपैयाँसहित र मेडल प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सहभागी हुने खेलाडीले प्रवेश शुल्क ३ सय रुपैयाँ बुझाउनुपर्ने छ।