डाइनामिक युथ क्लब धरान १८ को आयोजनामा तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल यहि पुष ७ गतेबाट सुरु हुने प्रतियोगिता १४ गते सम्म हुने  भएको छ ।

उक्त बास्केटबल प्रतियोगिता धरान १६ मा रहेको रंगशालाको इन्डोर बास्केटवल कोर्टमा हुने क्लबका अध्यक्ष रवि बास्फोरले बताएका छन्। उनले  प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने  समेत बताए ।

 प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रधान गरिने साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ११ हजार प्रधान गरिने अध्यक्ष बास्फोरले बताएका छन्।

प्रतियोगितामा सुनसरी, धनकुटा,मोरङ, झापा, मोरङ र काठमाण्डौका १० वटा क्लबले सहभागीता जनाउने बास्केटबल प्रदेश प्रशिक्षक बिकास चाम्लिङ राईले बताए। प्रतियोगितामा  तरहरा, विराटनगर, मिराकल, ब्रदर्श क्लब झापा, धनकुटा,चक्रपथ काठमाण्डौ, यलम्बर क्लब धरान र होइराइनको  सहभागी रहने छन्।  प्रतियोगितामा सहभागि जनाउने टिमको ७ हजार शुल्क लाग्ने उनले बताएका छन्। 

पहिलो चरणको खेलहरु लिगको आधारमा हुनेछ भने सेमीफाइनल प्रबेश गरेको टोलीबिच होम अवेको आधारमा हुनेछ। सुनसरी बाहिरको टिमले भने सेमीफाइनलको खेलमा  धरानकै कुनै एक कोर्ट छान्नु पर्ने प्रशिक्षक चाम्लिङले बताए । स्वर्गीय अशोक बास्फोर फुटबल खेलाडी रहेका थिए।