विजयपुर । धरान–११ स्थित मितेरी फुटसलले अन्तर वडास्तरीय मितेरी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता मितेरी फुटसलको खेल मैदानमा यही पुस १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । फुटसलका अध्यक्ष लुकेन्द्र राईका अनुसार प्रतियोगिताबाट उठेको रकमले स्थानीय तथा राष्ट्रिय लिगमा सहभागी हुन सक्ने फुटसल टिम तयार गर्ने रहेको छ ।

प्रतियोगितामा प्रथम टिमले ७० हजार रुपैयाँ नगद,  ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर,  हाई स्कोरर, उत्कृष्ट प्रशिक्षक, उदयीमान खेलाडी र म्यान अफ दी म्याचले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको खेल तालिका पुस १५ गते बिहान तयार गरिनेछ ।