नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभामा ५ सय बढी विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित नेकपा एमालेमा ५ सय बढी  प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरुकाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलसहित एमाले पदाधिकारीहरुले माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार पार्टी प्रवेश गरेकाहारुलाई पार्टीले उपयुक्त जिम्मेवारी प्रदान गरी पार्टी काममा लगाउने छ ।