नेकपा एमालेले सुरु गरेको सङ्कल्पका अभियान अन्तरगत पाँचथरमा हुने आमसभाको तयारी पूरा भएको छ ।

मङ्सिर १६ गते बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धिका लागि संंकल्प यात्रा अन्तरगत एमालेले आज पाँचथरको फिदिममा गर्ने  अन्तिम आम सभाको तयारी पूरा भएको नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए ।

उनले पार्टी जनसङ्गठनहरूको परिचालन गरी फिदिमको खेल मैदानमा हुने आमसभा स्थलमा आवश्यक तयारी पूरा गरेको भण्डारीले बताए । 
ग्राउन्डमा प्याराफिट निर्माण भएको र मञ्च सजाउको काम पनि सम्पन्न भएको सचिव भण्डारीले जानकारी दिए ।

मञ्च व्यवस्थाका लागि स्वयसेवकहरु ३ दिनदेखि परिचालन गरिएको बताए । उनका अनुसार सङ्कल्प यात्रा १२ बजे पाँचथर प्रवेश गर्ने र अध्यक्ष केपी ओली  लगायत नेताहरूलाई तेह्रथुम र पाँचथरको सिमानामा स्वागत गरिने छ ।

Uml janasabhaa phidim

१ बजेबाट नेकपा एमाले पाँचथरले निर्माण गरेको भवनको उद्घाटन गरी अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको भण्डारीले जानकारी दिए ।
नगरपरिक्रमाका क्रममा १९ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिने भण्डारीले बताए । उनले पाँचथरको विकास र समृद्धिका लागि विभिन्न सङ्घ संस्था र राजनीतिक दलहरूले अध्यक्ष ओलीलाई मागपत्र बुझाउनेसमेत कार्यक्रम तय भएको छ । 

२ बजेबाट आम सभा सुरु हुने छ । आमसभामा सहभागी हुन ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायतका जिल्लाबाट सर्वसाधारण सहभागी हुन पाँचथरमा भेला हुनेछन् ।आमसभा सकिएपछि लिम्बूहरूको सांस्कृतिक नाच धाननाचसमेत देखाइने कार्यक्रम रहेको छ ।