नेकपा एमालेको सङ्कल्प यात्रा अभियानअन्तर्गत् शुक्रबार तेह्रथुमको जिरिखिम्ती पुगेको नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोलीलाई पहिचानवादीहरुले कालोझण्डा देखाएका छन् ।

पहिचानवादीले 'कोशी नाम खारेज गर' , 'पहिचानविरोधी होसियार' लगायतका नारा लगाएका छन् ।

मङ्सिर १४ देखि सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा अभियानअन्तर्गत् टोली पाँचथरको चिवा भञ्ज्याङ पुग्नेछ ।

371541331_326467623643475_8872535620843360588_n