नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धनकुटाको हिलेमा नवनिर्मित हिले पार्कको उद्घाटन गरेका छन् ।

मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत् धनकुटाको हिले बजार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हिले पार्कको उद्घाटन गरेका हुन् ।

धनकुटा नगरपालिका १ स्थित सिरान बजारमा रहेको वाटर फाउन्टेनसहित ६५ लाख रुपैयाँ लागतमा निर्मित पार्क उद्घाटन गरेका हुन् । आज समृद्धिका लागि सङ्कल्प यात्राको पन्ध्रौं दिन तेह्रथुमको वसन्तपुरमा आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।