नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सङ्कल्प अभियानअन्तर्गत भोजपुर जिल्ला प्रवेश गरेका छन् ।

भोजपुरको चखेवा भञ्ज्याङमा एमाले अध्यक्ष ओलीसहित यात्रा अभियानमा हिंडेका नेता कार्यकर्तालाई किराँती सास्कृतिक झाकीसहित भव्य स्वागत गरिएको छ । टेम्केमैयुङ गाउँपालिकास्थित किरात राई यायोक्खा, अखिल नेपाल महिला संघ, स्थानीय युवा संघ र पार्टी पङ्क्तिले स्वागत गरेको हो ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई भोजपुर स्वागत गरिएको कोशी प्रदेशकी पूर्वमन्त्री सिर्जना राईले जानकारी दिइन् ।

Kp Oli Chakhewa bhanjyang

किराँती भेषमा सजिएका अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न भोजपुरबाट विभिन्न स्थानबाट सांस्कृतिक भेषभूषामा स्थानीय उपस्थित भएका थिए ।