नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङस्थित दिक्तेलका ज्येष्ठ  नागरिकसँग भेटघाट गरेका छन् ।

बुधबार बिहान खोटाङको सदरमुकाम दिक्तेलमा ओलीले ज्येष्ठ नागरिकहरुसँग भेट गरेका हुन् ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ पुगेका ओलीलाई ज्येष्ठ  नागरिकहरुले फूल माला लगाएर स्वागत गरे ।

भेटघाटमा ज्येष्ठ नागरिकहरुले अध्यक्ष ओलीलाई समस्या सुनाएका थिए । उनीहरुले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
Ko oli sankalpa yatra diktel

त्यसक्रममा ओलीले खोटाङ आएर जेष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैं ज्येष्ठ  नागरिकको पक्षमा रहेको बताए । एमाले अध्यक्ष ओलीलाई खोटाङका व्यापारी, बुद्धिजीवीका तर्फबाट ज्ञापनपत्र बुझाइएको थियो । यस्तै खोटाङका तर्फबाट अध्यक्ष ओलीलाई  स्थानीयले मायाको चिनो प्रदान गरेका थिए ।

खोटाङमा सामान्य भेटघाट पछि ओलीसहितको टोली भोजपुर जानेछ । त्यहाँ पनि ओलीले स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Kp oli khotang diktel