धरान । ब्लाष्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाललाई मातृशोक परेको छ । दाहालको आमा होमकुमारी दाहालको सोमबार राति ८ बजेतिर निधन भएको हो ।

६२ वर्षीया दाहाल केही महिनायता बिरामी रहेकी थिइन् । पछिल्लो समय घरमै रहेकी उनको सोमबार निधन भएको परिवार स्रोतले जनाएको छ । उनको मङ्गलबार कोशीस्थित चतरा घाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र चार छोरी रहेका छन् । वराहक्षेत्र–१ मा बस्दै आएकी उनी पछिल्लो समय वराहक्षेत्र–२ मा बस्दै आएकी थिइन् ।