कोशी प्रदेश फुटबल संघको आयोजनामा पहिलो पटक धरानमा एन्फा प्रेसिडेन्ट कप अण्डर-१५  फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रदेशभरिका १० टिमले प्रतियोगितामा सहभागिता जनाउने एन्फा कोशी अध्यक्ष किशोर राईले जानकारी दिए ।
प्रतियोगितामा सुनसरीका धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाका ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेश्नल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लबले सहभागिता जनाउने तय भएको छ ।

Anfa president cup dharan

प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आगामी मङ्सिर २७ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता धरान १७ स्थित एन्फा एकेडेमीमा हुनेछ ।