धरानस्थित डिपो स्कुलको आयोजनामा जारी ललित अम्बर डिपो कपको उपाधि पुलिस स्कुल हात पारेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा चतरास्थित बराह राइजिङ स्टार स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

पुलिस स्कुलको जितका लागि म्यान अफ दी म्याच अङ्शु बस्नेतले खेलको दोस्रो हाफको आठौं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।  उपाधिसँगै पुलिस स्कुलले नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

Depot Football Deputy mayor

प्रतियोगिताको तेस्रो टिम देउराली चिल्ड्रेन एकेडेमीले नगद ५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बराह राइजिङका शिशिर कार्की घोषित भए ।  हाइस्कोरर बराहकै सुबोध कटुवाल, बेस्ट डिफेम्स पुलिसका रोयल चौधरी र बेस्ट गोलकिपर पुलिसका सन्देश कुस्वा घोषित भए ।

कार्मेल प्लेट च्याम्पियन

प्रतियोगिताअन्तर्गत दिलबहादुर प्लेट च्याम्पियनको उपाधि धरानस्थित कार्मेल स्कुल जितेको छ । विजयी कार्मेलले नगद ३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वराहक्षेत्रस्थित मर्निङ स्टार स्कुलले नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

Depot Football Bhimjwala

विजयी टिमलाई सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समितिका अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, युवा नेता भीमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाकलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भएको थियो ।