पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले माघ पहिलो हप्ता राष्ट्रिय प्रविधि उत्सव आयोजना गर्ने भएका छन् ।

विगतका वर्ष झैँ यो वर्ष पनि देशभरि रहेका विश्वविद्यालय र कोशी प्रदेशका विद्यालयका साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरूको प्रतिस्पर्धामक सहभागिता रहने कार्यक्रमका संयोजक  कल्याण बास्कोटाले बताए । 

मङ्गलबार क्याम्पसको सेमिनार हलमा आयोजित पत्रकार सम्मेलन गरेर ३ दिने उत्सवबारे जानकारी दिइएको हो । उत्सवमा हरित प्रविधिअन्तर्गत फोहोरलाई ऊर्जामा रूपान्तरण गर्ने साथै दीगो संरचना, नवीकरणीय ऊर्जा, नयाँ ऊर्जाको स्रोत खोजी गर्ने जस्ता विषयमा प्रदर्शनी र बहस हुने कार्यक्रमका सह–संयोजक विवेक न्यौपानेले जानकारी दिए ।

उत्सवमा करिब २० हजार  जनाको उपस्थिति रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।