नेकपा एमालेको कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । 

आइतबार राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई सदस्यता वितरण गरेर पार्टीमा प्रवेश गराएका हुन् । केही समययता नेकपा एमालेबाट असन्तुष्ट कार्कीले गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उमेदवारका रुपमा उठेका मनोजकुमार मेन्याङ्वोलाई खुलेर समर्थन गरेका थिए । 

कार्की ब्लास्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।