धरान । भारतबाट अवैधरूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बच्चाले लगाउने कपडासहितका लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

झापास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार एक लाख ६३ हजार पाँच सय मूल्य बराबरको सामग्री बरामद गरिएको हो । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार मेचीनगर नगरपालिका–१५ किसन कामत टोलबाट बच्चाले लगाउने १ सय ८ थान कपडा, ट्राउजर ३६ थान, मोजा ५ सय ३० जोर, १ सय २० जोर थप मोजा, १० थान तौलिया बरामद गरेको हो ।

बरामद कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।