बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’का लागि विपक्षी दलहरूमाथि व्यापक र हिंसात्मक कारवाही सुरु गरेको ह्युमन राइट्स वाच ९एचआरडब्लु० ले सोमबार बताएको छ । उक्त संस्थाका अनुसार कारवाहीका क्रममा करिब १० हजार कार्यकर्तालाई पक्राउ गरिएको छ। 

पक्राउ परेका हजारौँका साथै प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का धेरैले पनि आरोपको सामना गर्नुपरेको छ। बिएनपीलाई उद्धृत गर्दै उसका ५० लाख सदस्यमध्ये करिब आधाले ‘राजनीतिक प्रेरित अभियोगको सामना गर्नुपरिरहेको’ एचआरडब्लुले उल्लेख गरेको छ । 

“वरिष्ठस्तरदेखि तल्लोस्तरसम्म कसैलाई नछाडी पक्राउ गरिएको छ”,बिएनपीका एक कार्यकर्ताले एचआरडब्लुलाई भने।अधिकार समूहले कारागारहरूमा अहिले क्षमताको दुई गुणाभन्दा धेरैलाई राखिएको छ।