नेपाल प्याराग्लाइडिङ्ग एण्ड ह्याङ्ग्लाडिङ्ग संघको केन्दीय अध्यक्षमा धरानका भुपेन्द्र चाम्लिङ्ग (भुपाल) चयन भएका छन् ।
शुक्रवार काठ्माण्डौको किरात राई यायोक्खा भवनमा सम्पन्न दोस्रो केन्द्रीय अधिवेशनबाट चाम्लिङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा धरानकै किरण कुमार राई चयन भएका छन् । उनी संविधानसभा सदस्य समेत हुन् ।
त्यसैगरी समितिको उपाध्यक्षमा शैलेन्द्र राउत , कृष्ण भण्डारी र सुनिल भट्टराई , महासचिवमा ईन्द्र भण्डारी , उप–महासचिवमा मिना कुमारी राई, सचिवमा प्रकाश पोख्रेल, र कोषाध्यक्षमा बलराम आचार्य चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रोशन विक्रम राई, सरिता आङ्गदेम्बे, अविनाश रम्तेल, रमेश न्यौपाने कृष्ण जङ्ग केसी, राजेश गिरी, कृषु पौडेल, हरिकृष्ण रावल, विजय गौतम, कृष्ण अधिकारी, विमल पहरी र लक्ष्मण थापा चयन भएका छन् ।