कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा ७ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ।
अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण मंगलबारदेखि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सुरू भएको सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रशिक्षक प्रशिक्षण कार्यशालामा अन्तर्राष्ट्रिय फुटबल खेलेका साथै डी लेवलका २४ जना प्रशिक्षक प्रशिक्षणमा सभागी छन् ।
एएफसी अन्तर्राष्ट्रिय हेड प्रशिक्षक सन्जिव सिहं,सहयोगी प्रशिक्षक श्याम मानन्धर,सागर घिमिरे र अर्जुन राईले प्रशिक्षणको सहजीकरण गर्ने छन्।पहिलो चरणको ७ दिनको प्रशिक्षणपछि दुई साताको अन्तरालमा पुनः ५ दिने प्रशिक्षण कक्षा सन्चालन हुने छ। कक्षामा प्रयोगात्मक,लिखित गरी ३ दिने परीक्षा संचालन हुनेछ ।
परीक्षामार्फत एएफसीले उत्कृष्ट प्रशिक्षक प्रशिक्षार्थी छनोट गरी अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने एन्फा कोशी अध्यक्ष राईले जानकारी दिएका । प्रशिक्षण कार्यशाला फिफा र धरान उपमहानगरपालिकाको सहयोगमा संचालन गरिएको हो भने सहभागीबाट समेत शुल्क लिइएको छ। प्रशिक्षणमा धनुषा, सुनसरी, पाँचथर, झापा, इलाम, धनकुटा र उदयपुर गरी ७ जिल्लाबाट सहभागिता रहेका छन् ।