झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।
झापाको कमल गाउँपालिका वडा नम्बर–३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार सडकमा रहेको भैसी ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिकावडा नम्बर–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी वडा नम्बर–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिएका छन्। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।