बराहक्षेत्र १ स्थित आइबी कोलनीका सुमन मगरको बाख्राको खोरमा दुई दिनमै आठ वटा बाख्रा मरे ।

नाकबाट सिंगान बग्ने, मुखमा खटिरा निस्कने, छेर्ने, टाउको हल्का सुनिएको जस्तो हुने, घाँस नखानेलगायतका लक्षण अघिल्लो दिन देखा पर्यो ।   वडाका पशु प्राविधिकले आएर निरीक्षण गरे । निरीक्षणपछि पीपीआर रोग पत्तो लाग्यो । भोलिपल्टै खोरका आठ बाख्रा मरे ।

बाख्रालाई भ्याक्सिन लगाए पनि रोग सङ्क्रमित भएका बाख्रालाई बचाउन सकिएन । कोलनीकै विकास मगरको बाख्राको खोरका ७ बाख्रा साता दिनमा मरे । स्थानीय प्रेम तामाङको खोरका १० वटा बाख्रा मरे ।

PPR In Goat Barahakshetra1

वराहक्षेत्र १ मा बाख्रामा पीपीआर रोगको महामारी देखा परेको छ । महामारीका कारण साता दिन नबित्दै किसानका खोरका ३ सय बाख्रा मरेको वडा सदस्य कुमार भट्टराईले जानकारी दिए । उनले खारखोला टोलमा ८७ वटा, बगुवमा ५० वटा, बान्द्रेचौरीमा ९० वटा, चावाचामा २५ वटा, सूर्यकुण्डमा ७ वटा, गैरीटोलमा २२, आइबीकोलनीमा २६ वटा, चियाबारीमा १० वटालगायत वडामै ३ सय बाख्रा मरेको जानकारी दिए ।

पीपीआरका कारण बाख्रा मरेपछि वडा कार्यालयले भ्याक्सिन र औषधि नि:शुल्क वितरण गरेको छ । वडाका सूर्यकुण्ड, चावाचा, बराहक्षेत्र, भण्डारीटार, बगुवा, गैरीटोल लालबस्ती, चतरालगायतका बस्तीमा पीपीआरविरुद्धको खोप लगाइएको छ ।

PPR In Goat Barahakshetra2

विगत १० दिनदेखि पीपीआरविरुद्धको ७ हजार खोप लगाइएको वडासदस्य भट्टराईले बताए । वडाको तथ्यांकअनुसार १ नम्बर वडामा १५ हजार बाख्रा छन् । पीपीआरको सङ्क्रमण फैलिएपछि वडाले किसानलाई नै खोप लगाउने तालिम दिइएको छ । 

Kumar Bhattarai WaDasadasya