कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू हिन्दू धर्मावलम्वी भएकाले हिन्दू धर्मको वकालत गर्ने बताएका छन् । उनले वराहक्षेत्र, पाथीभरा र हलेसी धामको विकासमा प्रदेश सरकारको विशेष ध्यान रहेको बताए । यस्तै उनले फाल्गुनन्द, आत्मनन्द र खुवालुङको पनि विकास गर्दै जाने बताए । उनले हिन्दू धर्मावलम्वी भए पनि सबै धर्मको सरक्षण गर्ने बताए । 'सबै धर्म सरक्षित हुँदा नै राज्य बन्छ' मुख्यमन्त्री कार्कीले भने ।

वराहक्षेत्रमा पन्ध्र दिवसीय वृहत् पदयात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले धाएमिक पर्यटन उन्नयनमा जगदगुरु बालसन्तको योगदानको चर्चा गरे । 

Kedar Karki padyatra chatara dham

पदयात्रा आरम्भका आयोजित कार्यक्रममा कोशी प्रदेश सांसदहरु भीम पराजुली, रमेश बस्नेत, विजयकुमार राईको उपस्थिति थियो । यस्तै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख एसपी विपिन रेग्मीलगायत जिल्लाका सुरक्षा निकायका अधिकारीको उपस्थिति रहेको थियो ।

चतराधामबाट आजदेखि बृहत् वृहत्तर वराहक्षेत्र परिक्रमा सुरु भएको छ ।  १५ दिवसीय वृहत् पदयात्राले उदयपुर, धनकुटा सुनसरी जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने छ ।
परिक्रमा आजसुरु भएको छ । चतरा धामबाट पदयात्रा सुरु गरी सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोसी नदीकिनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । २५ गते बिहान मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ ।

Chatara dham kedar karki mukhya mantri

२६ गते पदयात्रा त्रिवेणीधाम पुग्नेछ । २७ गते सफाइटार कामान्चल पर्वतस्थित शिव पान्चायन मन्दिर पुग्नेछ । २८ गते मूलघाट विश्रान्तिधाम पुग्नेछ । धनकुटाको बेलहरा, सागुरी गढी, नमस्ते झरना हुँदै कार्कीछाप- भेडेटार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।
पदयात्रा धरानको शिवजट्टाधाम- वसुधाराधाममा मङ्सिर १ गते आइपुग्नेछ । मङ्सिर २ गते बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन गरिने छ । मङ्सिर ३ गते तरहारा- इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर पदयात्रा आइपुग्नेछ ।

मङ्सिर ४ गते पदयात्रा रामधुनीधाम आइपुग्नेछ । पदयात्राले रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा गर्नेछ । त्यसपछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी आइपुग्नेछ ।

Balsanta chatara kedar karki

मङ्सिर ६ गते पदयात्रा शक्ररुद्र तीर्थ चक्रघट्टी आइपुग्नेछ । मङ्सिर ७ गते चतराधाम हुँदै ८ गते बराहक्षेत्र पुगेर वराह भगवानको गर्भगृहको दर्शनका लागि पदयात्रा पुग्नेछ ।
पदयात्राका क्रममा जगदगुरु पिठ र स्थानीय आयोजकले महाप्रसादको प्रबन्ध गर्ने जगदगुरु बालसन्तले जानकारी दिए । उनले आफूलाई आवश्यक पर्ने ओढ्ने-ओछ्याउने भने आफैं व्यवस्था गर्न आग्रह गरेका छन् । चतराधाममा पूर्ण महाकुम्भ मेला आगामी २०८० चैत्र २७ गतेदेखि  २०८१ वैशाख अक्षय तृतीयासम्म लाग्दैछ । महाकुम्भलक्षित पदयात्राले भक्तजनलाई सहभागिताको आमन्त्रणसमेत गर्ने अनन्त श्री विभूषित जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले जानकारी दिए ।