गायक कञ्चन थलङ लिम्बुको नयाँ गीत ‘यो मौसम बैमानी’को भिडियो सार्वजनिक भएको छ ।

गायक थलङकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो मङ्गलबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । भिडियोमा अभिनेतृ रेखा लिम्बु र गायक थलङको अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियो अर्जुन तिवारीले छायांकन र बिवेक सुनारले सम्पादन गरेका हुन् ।

पछिल्लो समय यो गीत टिकटकमा समेत भाईरल बनेको छ । 

केही बर्षअघि कञ्चन र रेखाकै अभिनय रहेको कञ्चनको गीत ‘चिसो चिसो छ मौसम’ ले पनि  चर्चा पाएको थियो । कञ्चनले यसअघि दर्जनौ गीतमा स्वर र संगीत दिएका छन् । अभिनेतृ रेखाले पनि विभिन्न फिल्मसँगै दर्जनौं भिडियोमा अभिनय गरेकी छन् । 

भिडियो :