दमक/झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका वडा नम्बर–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ।

सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका र एक बोरा बिडी र चुरोट बरामद गरेको हो ।