धनकुटा । नेकपा एमाले धनकुटाले नेपालीहरूको विभिन्न राष्ट्रिय पर्वहरूको अवसर पारेर मङ्गलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेका पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतित्थ्यमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अतिथिहरूलाई जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले स्वागत गर्दै सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टीकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिव देवान राई, जलवर्षा राजवंशी, नेपाली काङ्ग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव विजय सन्तोषी राई, नेकपा मओवादी केन्द्रका धनकुटा जिल्ला संयोजक कुसुमकुमारी श्रेष्ठ, जसपाका धनकुटा सचिव डम्बर कटुवाल, राप्रपाका टीका घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमाले पालिका कमिटी अध्यक्षहरू, जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ताहरू, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलको समेत उपस्थिति रहेको थियो ।