ाजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय  क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ५ विकेटको जित निकालेको छ ।

यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे । सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहितकुमार पौडेलको साझेदारीमा उकासेका थिए । 

आसिफले ६२ रन बनाए । रोहित ४७ रनको योगदान गरे ।  नेपालको जितका लागि दीपेन्द्रसिंह ऐरीले ६ चौका र १ छक्का जोड्दै १५ बलमा अविजित ४० रनको योगदान गरे । गुल्सन झा १ रनमा नटआउट रहे ।

सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो ।
उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।