फेन्टानिल सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ । एनेस्थेसिया वा दुखाई कम गर्न प्रयोग गरिने फेन्टानिल समस्याले संयुक्त राज्य अमेरिकामा (जरा गाडेको)चीनले दावी गरेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मङ्गलबार चीनमा रहेका २५ व्यक्ति र संस्था तथा क्यानडाका अन्य तीन समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले मङ्गलबार एक अमेरिकी सञ्चारमाध्यमसँग लिएको अन्तर्वार्तामा फेन्टानिलको विश्वव्यापी आपूर्ति शृङ्खला प्रायः चीनबाट सुरु हुन्छ’ भनेका थिए। 

बेइजिङले बुधबार वासिङ्टनको चीनविरोधी आरोपको खण्डन गर्दै भनेको छ, “फेन्टानिलजस्ता पदार्थको कडा नियमन गर्ने चीन सरकार सम्भवतः विश्वमै पहिलो मुलुक हो ।” बेइजिङको विदेश मन्त्रालयले एएफपीसँग भनेको छ, “हामी चिनियाँ संस्था र व्यक्तिहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध र अभियोजनको कडा विरोध गर्दै सम्बन्धित उद्यम र व्यक्तिहरूको कानुनी अधिकार र हितको गम्भीर उल्लङ्घन भएको ठहर गर्दछौं ।”

चीन सरकारले लागुऔषध अपराधमा कडाइका साथ कारबाही गरिरहेको छ । हामी अग्रगामी रसायनहरूमा कडाभन्दा कडा नियन्त्रण लागू गरिरहेका छौं,” चिनियाँ विदेश मन्त्रालयले भनेको छ । मन्त्रालय स्रोतले भनेको छ । संयुक्त राज्य अमेरिकामा फेन्टानिल सङ्कटले देशैभरी जरा गाडेको छ ।

संयुक्त राज्य अमेरिकाविरुद्ध ‘गम्भीर आपत्ति’ दर्ता गरिएको जनाउँदै मन्त्रालयले भनेको छ। दबाब र प्रतिबन्ध लगाउँदा अमेरिकाको आफ्नै समस्या समाधान हुन सक्दैन । फेन्टानिल सङ्कटलाई बढावा दिने विश्वास गरिएका रसायनहरूको उत्पादनलाई लिएर चीनस्थित औषधि सञ्जालमाथि अमेरिकी प्रतिबन्धपछि बेइजिङले बुधबार वासिङ्टनको आलोचना गरेको छ ।

 एनेस्थेसिया वा दुखाई कम गर्न प्रयोग गरिने फेन्टानिल समस्याले संयुक्त राज्य अमेरिकामा (जरा गाडेको)चीनले दावी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मङ्गलबार चीनमा रहेका २५ व्यक्ति र संस्था तथा क्यानडाका अन्य तीन समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले मङ्गलबार एक अमेरिकी सञ्चारमाध्यमसँग लिएको अन्तर्वार्तामा फेन्टानिलको विश्वव्यापी आपूर्ति शृङ्खला ‘प्रायः चीनबाट सुरु हुन्छ’ भनेका थिए। बेइजिङले बुधबार वासिङ्टनको चीनविरोधी आरोपको खण्डन गर्दै भनेको छ, “फेन्टानिलजस्ता पदार्थको कडा नियमन गर्ने चीन सरकार सम्भवतः विश्वमै पहिलो मुलुक हो ।”  

बेइजिङको विदेश मन्त्रालयले एएफपीसँग भनेको छ, “हामी चिनियाँ संस्था र व्यक्तिहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध र अभियोजनको कडा विरोध गर्दै सम्बन्धित उद्यम र व्यक्तिहरूको कानुनी अधिकार र हितको गम्भीर उल्लङ्घन भएको ठहर गर्दछौं ।  “चीन सरकारले लागुऔषध अपराधमा कडाइका साथ कारबाही गरिरहेको छ । हामी अग्रगामी रसायनहरूमा कडाभन्दा कडा नियन्त्रण लागू गरिरहेका छौं,” चिनियाँ विदेश मन्त्रालयले भनेको छ । 

मन्त्रालय स्रोतले भनेको छ । संयुक्त राज्य अमेरिकामा फेन्टानिल सङ्कटले देशैभरी जरा गाडेको छ । संयुक्त राज्य अमेरिकाविरुद्ध ‘गम्भीर आपत्ति’ दर्ता गरिएको जनाउँदै मन्त्रालयले भनेको छ। दबाब र प्रतिबन्ध लगाउँदा अमेरिकाको आफ्नै समस्या समाधान हुन सक्दैन ।