पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर विमानस्थलमा शुक्रबार यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको बताए ।