धरान नगर प्रमुख हर्क साम्पाङको श्रम अभियानमा सहभागी हुन आएकी गायिका सबिना योङ्हाङलाई बिदाई गरिएको छ ।

सामाजिक अभियन्ता गङ्गा लिम्बूसँगै श्रम अभियन्ताहरुले धरानस्थित नवयुग होटलमा औपचारिक बिदाई कार्यक्रम गर्दै सविनालाई सिलाम साक्मा लगाएर बिदाई गरेका हुन् । सबिनालाई अभियन्ता लिम्बूले चाँदीको सिलाम साक्मा लगाइदिएकी थिइन् ।

Ganga limbu n sabina yonghang

वृक्षरोपण र डेङ्गी नियन्त्रण अभियानमा सबिनाले दुई दिन श्रमदान गरेकी छन् ।

श्रमदान अभियानमा आउने मन भए पनि भर्खरै अवसर जुटेको सबिनाले बताइन् । उनले अभियानमा आएर नयाँ अनुभव गरेको बताइन् ।

'पहिले नै आउने मन थ्यो, केही सिक्ने मौका पनि मिल्यो, श्रम गर्नु पर्छ भन्ने लाग्यो, सबिनाले भनिन्, 'सबै मिलेर काम गरे सुधार हुने रहेछ, सुधार नियाल्ने मौका पाएँ ।
हर्क साम्पाङको अभियानलाई सहयोग गर्न उनले आग्रह गर्दै भनिन् । 'खुट्टा तान्ने नगरेर मेयरलाई सघाउन जानू होला भन्न चाहान्छु ।'

Bidai sabina yonghang

सबिना गायन रियालिटी सो भोइस अफ नेपाल सिजन ४ की उपविजेता हुन् । यसअघि श्रम अभियानमा गायक राजेश पायल राईसमेत सहभागी भएका थिए ।

बिदाई कार्यक्रममा अभियान्ताहरु गङ्गा लिम्बू
कमला सुब्बा, मीना सिङ्घक, इभेन्ट म्यानेजर एवम सन्चारकर्मी सौरभ श्रेष्ठलगायतले  सबिनालाई सफल साङ्गीतिक जीवनको शुभकामना दिएका थिए । 

Sabina yonghang