राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन उच्च सुरक्षा सतर्कताबीच धरानको लाङ्घाली सामुदायिक वन परिसरमा सुरु भएको छ  । 

प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा  संसदीय दलका उपनेता, संविधान सभाध्यक्ष सुबास नेम्बाङले बिरुवामा पानी हालेर उद्घाटन गरेका छन् । 

उद्घाटन सत्रमा युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री  तथा युवा सङ्गठन इन्चार्ज महेश बस्नेत, एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य शेरधन राई,  कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्यहरुलगायतको उपस्थिति छ । 

yuwa sangha nepal dharan adhiveshan

सुरक्षाका दृष्टिले पछिल्लो समय संवेदनशील रहेको धरानमा अधिवेशन लक्षित नेपाल प्रहरीले अधिकृत तहकासहित ३ सय ६४ जना प्रहरी खटाएको छ । सशस्त्र प्रहरीले २ सय ५० बढी सुरक्षाकर्मी परिचालन गरेको छ । 

अधिवेशनमा प्रदेशका प्रतिनिधिमूलक १ हजार युवा भेला भएका छन् । यो अभियानमार्फत राष्ट्रिय युवा संघले ४ लाख युवालाई सङ्गठित गर्ने लक्ष्य लिएको छ । 

अधिवेशनले राष्ट्रिय युवा संघको १ सय १ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ । 

अतिथि आसन पुरानै, छैन मंचमा अध्यक्षको तस्बिर 

Subas nembang yuwa sang koshi pradesh (1)

नेकपा एमालेले अतिथि आसन ग्रहणलाई छरितो बनाउने उद्देश्यअनुरुप आयोजक कमिटीको अध्यक्ष मन्चमा रहने र अन्य अतिथि दर्शक दीर्घामा रहने गरी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । तर युवा संघको पहिलो प्रदेश अधिवेशनमा यो नियम लागू गरिएन । 

एमालेका नेतृत्व मन्चमै आसन ग्रहण गरेको देखिएको छ । नयाँ अभ्यास भएको र, भातृ सङ्गठनको कार्यक्रम रहेकाले आमन्त्रितलाई मन्चमै आसन ग्रहण गराएको राष्ट्रिय युवा संघ स्रोतले जनाएको छ ।

yuwa sangha nepal dharan adhiveshan (1)

yuwa sangha nepal dharan adhiveshan (2)

yuwa sangha dharan adhibeshan