श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २१ गते बिहीबार, ७ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको अष्टमी तिथि १६ः३१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र रोहिणी १०ः३९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१८ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्थ अभावले काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। तर, बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्मल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ । नयाँ काम गर्ने अवसर समेत दिलाउनेछ । परिस्थितिले खर्च बढाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाए पनि फाइदा कम हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाका लागि केही त्याग्नुपर्ने हुनसक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । यात्रा गर्ने अवसर जुट्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानातिना काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ । समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। गरेका कामलाई निरन्तरता दिन सकिनेछ।