श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १७ गते आइतबार, ३ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भदौ कृष्ण पक्षको चतुर्थी तिथि १८ः४७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती १०ः५८ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः२२ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
 समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ काम थालनी गर्दै कार्य सफल पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा अग्रसर भइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ।