प्रदीप मेन्याङ्बो पत्रकारितामा तीन दशक छिचोलिसकेका छन् । कथाकार, कवि र पत्रकार तीनै व्यक्तित्व उनमा छिपेको छैन । पछिल्लो समय मुन्धुमभित्रका यौनमनोविज्ञान उनका कवितामा देखिन्छन् ।  मुन्धुम दर्शन र सौन्दर्य खोतल्न उनी तल्लीन छन् । सोह्रौं राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा उनकै निजी पुस्तकालयमा पुगेर गरिएको सामयिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

किताब पढ्नु भनेको के हो ? 

– आफूूले मन पराएको किताबबाट ज्ञान प्राप्त गर्दै आनन्द लिनु हो पढ्नु, अध्ययन गर्नु । चाहेको किताब पढ्दा चाहिं आनन्द आउँछ । तर मन नपराएको किताब पढ्नु प¥यो भने चाहिं सास्ती खेपे जस्तो हुन्छ । किताब अध्ययन गर्दा प्रत्यक्ष ज्ञान प्राप्त हुन्छ । पढिरहँदाखेरि किताबभित्रको संसारमा डुलिरहेको जस्तो अनुभूति गर्न सकिन्छ । त्यो नै एक किसिमको आनन्द हो । चरम आनन्द । त्यसलाई आनन्द मान्नुपर्छ । 

आज म तपाईंको यो पुस्तकालयमा आएको छु । घरमै पुस्तकालय बनाउनु भएको छ । यो पुस्तकालय कसरी निर्माण भयो ? कसरी सम्झिनु हुन्छ ? 

– यो मेरो सानो निजी लाइब्रेरी हो । पुस्तकहरु पढ्ने इच्छा, चाहना, कलेक्सन गर्ने सानैदेखिको मेरो बानी हो । आर्थिक अभावका कारण भनेजस्तो किताबहरु कलेक्सन गर्न सकिएन । अध्ययन गर्ने क्रममा म झापादेखि धरान आएँ । काकाको घर छ, एभेरेस्ट लाइनमा । काकाकाकीहरुसँगै त्यही बसें करिव २० वर्ष जति नै । त्यसबेला आफूले मनपराएको किताब वा नयाँनयाँ नलेज दिने किताब पाइँदैनथ्यो । पाइए पनि हाम्रो पहुँच भन्दा बाहिर थियो । हामीले किन्ने भनेको नेपाली उपन्यास, कथा, कविता यस्तै थिए । मधुपर्क, गरिमा थिए । रंगमञ्च, कामना थिए । म अध्ययनमा रुची राखिरहेको समय ०४८÷५० सालतिर सरुभक्तका किताब खुब चर्चामा थिए । सरुभक्तका ‘पागलबस्ती’  । त्यो ‘पागलबस्ती’ म झापाको बुधशान्ति गाउँपालिका साविक शान्तिनगर गाविसमा बस्दा हँडियाबुधबारे बजारको एक पुस्तक पसलमा दिनको दुई घण्टाको दरले पढेर एक सातामा सकेको छु ।

धन्न मलाई ती पुस्तक पसलेले कक्षा ८ मा पढ्ने सानो फुच्चे भनेर कहिलै हेपेन । पसलको एउटा कुनामा बसेर पढ्न दिन्थ्यो । किनेर पढौं भने गोजीमा पैसा थिएन । अस्ति हँडियाबुधबारे जाँदा त्यो पसल त्यहाँ देखिनँ । सायद अर्कै पसलमा परिवर्तन भयो होला । कतिपय पुस्तक मुस्किलले पकेट खर्च जोगाएर किनिन्थ्यो । जागिर थिएन । अघि पनि भनें नि पछि  कलेज पढ्न धरान आएँ । कलेज अध्ययनसँगै पत्रकारितामा लागें । त्यसबेला धरानमा मैले सुनेका पत्रकारका नामहरु हर्ष सुब्बा, राजकुमार कार्की, विमल शाक्य, भवानी बराल, चन्द्रमणि अधिकारी थिए । पछि धनकुटाबाट राजकुमार दिक्पाल धरान झरे । उनीसँग भने हाम्रो ताल मिल्यो । अलिक सिनियर भएकाले गाइड गर्ने, सिकाउने र सुझाव दिने काम गरे ।

खास चाहिं किताब किन्दा, पढ्दा ‘कि–बुक’ किन्नु, पढ्नु पर्ने रहेछ । सय वटा किताब पढ्नु भन्दा एउटा किताब जसमा सबै कुरा आएको होस्, त्यस्ता किताब किन्नु पर्ने रहेछ । छान्नुपर्ने थिएछ । सल्लाह दिने मान्छे भएन । आफ्नो रुचीअनुसारको छ भन्ने थाहा पाएपछि सोरपटार किताब किन्ने । त्यो समय धरानको ‘कोर एरिया’ त नभनौं, अलिक बाहिर बाँझगरा, रेल्वे, स्टेडियमतिर त्यसबेलाको डेढलाखले कम्तीमा १५ धुरदेखि एक कट्ठा जग्गा आउँथ्यो । त्यो कसैले सल्लाह दिएन । त्यतिबेला मेरा साथीहरुले चाहिं काठमाडौंका पत्रिकामा काम गरेवापत् कमाइ गरेको रकमले जग्गा किनेछन् । जग्गाको भाउ बढ्दै गयो । किताबमात्रै भयो मेरो सम्पत्तिको नाउँमा । 

डम्बरकृष्ण, देवराज, जसकुमार, जनक ऋषि, दामली थियौं । त्यसमा अरु पनि थपिए खगेन्द्र पन्धाक, मिलन राई, मुम्चे, समित्रा, विमला, सुजित । सुरुमा स्थानीय पत्रिकामा काम गर्दा गर्दै काठमाडौंका वामपन्थी विचारधाराका साप्ताहिकमा काम गरियो । सेतो फुलस्केप कागजमा समाचार लेखेर केही वर्ष हुलाक र कुरियरबाट पठाउथ्यौं । पछि जमिम शाहको ‘स्पेस टाइम्स’ दैनिकमा काम गरियो धरानबाट संवाददाता भएर । काम गर्दै जाँदा डेढ वर्ष काम गरियो । त्यतिबेला डेढ लाख जति पैसा कमाइ गरिएको थिएछ । पछि त्यो पत्रिका बन्द पनि भयो । मसँगैका साथीहरु डम्बरकृष्ण श्रेष्ठ, जसकुमार राई पनि काठमाडौंका पत्रिकामा काम गर्थे । मैले कमाएको पैसा किताब र पत्रपत्रिका किनेर सकेछु । कस्तो किताब किन्ने, कस्तो नकिन्ने भनेर त्यसबेला गुरुज्ञान पाइनँ । कसैले भनेन पनि ।

खास चाहिं किताब किन्दा, पढ्दा ‘कि–बुक’ किन्नु, पढ्नु पर्ने रहेछ । सय वटा किताब पढ्नु भन्दा एउटा किताब जसमा सबै कुरा आएको होस्, त्यस्ता किताब किन्नु पर्ने रहेछ । छान्नुपर्ने थिएछ । सल्लाह दिने मान्छे भएन । आफ्नो रुचीअनुसारको छ भन्ने थाहा पाएपछि सोरपटार किताब किन्ने । त्यो समय धरानको ‘कोर एरिया’ त नभनौं, अलिक बाहिर बाँझगरा, रेल्वे, स्टेडियमतिर त्यसबेलाको डेढलाखले कम्तीमा १५ धुरदेखि एक कट्ठा जग्गा आउँथ्यो । त्यो कसैले सल्लाह दिएन । त्यतिबेला मेरा साथीहरुले चाहिं काठमाडौंका पत्रिकामा काम गरेवापत् कमाइ गरेको रकमले जग्गा किनेछन् । जग्गाको भाउ बढ्दै गयो । किताबमात्रै भयो मेरो सम्पत्तिको नाउँमा । पछि थाहा भयो । तर यसमा पछुतो पनि छैन । गल्ती गरेजस्तो पनि लाग्दैन । मेरो इच्छाअनुसार गरेको हो । तर किताब कलेक्सन गर्ने बानी भने हराएन । त्यतिबेला काठमाडौं ४–४ महिनामा ६–६ महिनामा गइरहिन्थ्यो । आफूलाई मनपरेको किताब छ भने भेला पार्ने, पोको पार्ने ल्याइहाल्ने । जोगबनीतिर पनि म बढी जान्थें । जोगबनी पुगेर किताब ल्याउँथे । त्यहाँ रेलस्टेशनमा पुस्तकका दुईवटा स्टल थिए । नेपालमा आफूले चाहेजस्तो विषयको किताब नभएपछि हिन्दी भाषा माध्यमलाई रोजेको थिएँ । 

इङ्लिस चाहिं मैले नढाँटी भन्नुपर्दा खेरि... मैले मेजर इङ्लिस नै लिएर पढेको हो महेन्द्र क्याम्पस पढ्दा । तर इङ्लिस चाहिं मट्ठु नै भएँ म । मरेर–मरेर मेजर इङ्लिस पास गरें । किताब पढ्दाखेरि इङ्लिसबाट चाहिं मेरो ज्ञानको भोक मार्ने काम टर्दैन भन्ने थाहा भएपछि ज्ञान प्राप्त गर्ने माध्यम चाहिं हिन्दी भाषालाई बनाएँ । 

किनभने नेपालमा भन्दा राम्राराम्रा किताबहरु हिन्दीमा पाइन्छ । विदेशमा अमेरिका, अफ्रिका, युरोपतिर लेखिएका किताब हिन्दीमा तत्कालै एक महिना दुई महिनामा अनुवाद भएर आइसकेको हुन्थ्यो । हिन्दीमा राम्राराम्रा किताब लेख्ने लेखक प्राध्यापकहरु छन् । त्यसैले पनि मैले हिन्दी छानें । सिलगुरी जाने काम पथ्र्यो त्यहाँबाट पनि किताब आउँथे । एकपटक कलकत्ता जाँदा पनि २० हजार जतिको किताब लिएर आएँ । रमलालाई भने हजार रुपेको एक थान सुतीको कुर्ता मात्र ल्याइदिएँ । तर पनि रमला रिसाइनन् ।

प्रदीप मेन्याङ्बो

किताब कस्तो हुनुपर्ने, दर्शनशास्त्रका कि मनोरञ्जनका कि ? त्यतिबेला त कमिक्स, उपन्यास हुन्थे । अघि भन्नुभयो, ‘कि–बुक’ छान्न सकिनँ । अध्ययनमा अल्मलिनु भयो कि भएन ? 

– म मावि तहमा पढ्दै गर्दा कथा, कविता, साहित्य र किताब भनेको हामीले बुझेको कालेबुङका प्रकाश कोविदका उपन्यास हुन्थे । नेपालबाट युधिर थापा रहेछन् । प्रकाश कोविदका उपन्यास धित मर्ने गरी पढियो । ती बेलाका उपन्यासका किताब ठूलो भनेको डेढ दुईसय पेजका । मज्जाले पढ्नेका लागि एकै बसाइमा सकिने । ती सामाजिक र पारिवारिक उपन्यास थिए । प्रेम विछोडका कुरा हुने । संयोग र वियोगका कुरा हुने । ती धेरै पुस्तक पढेर अरुअरु पुस्तक पढ्ने पनि बानी भयो । त्यही बेला सुवास घिसिङद्वारा लेखिएको ‘निलो चोली’ भन्ने उपन्यासको खुब चर्चा थियो । त्यो किताब कस्तो रहेछ भन्ने खुब चासो थियो । अहिलेका किताब हेर्दा र वर्णन गरिएका विषय हेर्दा त्यो ‘निलो चोली’ सामान्य लेखिएको थियो । सेक्सुअललगायतका कुरा हेर्दा । तर त्यतिखेर निलो चोलीभित्रका कथा र पात्रहरुले समाजलाई नै उद्वेलित बनाइरहेको थियो । हामीलाई पनि यस्तो पनि लेख्न सकिंदो रहेछ भन्ने लाग्थ्यो । यता युधिर थापाको ‘लुकेको समाज’ भन्ने कतिपयले लुकाएर पढ्थे । हामीले पनि दाइहरुबाट फेला पाथ्र्यौं । यसरी विस्तारै पढ्ने बानी विकास हुँदै गएको थियो । 

पत्रपत्रिकाहरु मधुपर्क, गरिमालगायतका पढिन्थ्यो । त्यहाँ भएका कथा, कविता, नाटक, निबन्ध, गजलहरुले विस्तारै आकर्षित गरेको थियो । पढ्ने बानी पनि भयो । अहिले आएर उमेरको परिपक्वता होला । आफ्नो विषयको दायरा होला, यसले गर्दा समाजशास्त्र विषयका पुस्तक पढ्ने मन गरें । त्यसमा पनि नेपालीमा ‘फ्रि टाइप’मा लेखिएका नेपालीमा पाइँदैन थे । हिन्दी राइटरहरुले लेखेका समाजशास्त्रका किताब पढ्न थालियो । पढेर अर्कालाई ज्ञान, प्रवचन दिनका लागि चाहिं पढिनँ मैले । मेरै लागि मात्र पढें । मेरो लागि काफी छ । 

अर्को मनपरेको विषय मनोविज्ञान । धेरै नै किताब मैले किनेर पढें । सबै हिन्दी नै । पछिल्लो इच्छा चाहिं मेरो दर्शनशास्त्र त नभनौं, तर दर्शनशास्त्र पनि पढें । मैले दर्शन पढेर अर्कालाई दर्शन छाँट्ने कुरा भएन । पछिल्लो समयमा आफ्नै मौलिकतातिर फर्किएँ । भनेको.. मुन्धुम दर्शन, सौन्दर्य, साहित्यतिर । त्यतातिर उहिल्यै लाग्नुपर्ने रहेछ । त्यो कसैले गुरुज्ञान दिएन । गुरुज्ञान नभएपछि अल्मलिने रहेछ । 

तपाईंको यो पुस्तकालय अवलोकन गर्दा धेरै प्रकारका पुस्तकहरु देखिए । यहाँ छन् चाहिं केके ? 

– मेरो सानो लाइब्रेरीमा तपाईंले देखेको यो सरिता पाक्षिक हो । इण्डियाबाट निस्किन्छ । दिल्ली प्रेसले निकाल्छ । त्यस्तै कादम्बिनी इण्डियाको राम्रो पत्रिका हो । साहित्य, कला, संस्कृति, विज्ञान सबै समेटिएको हुन्थ्यो । पछि सरिता आउन थाल्यो । सरिता चाहिं इण्डियामा यो मात्र यस्तो पाक्षिक पत्रिका हो जसले धार्मिक, सांस्कृतिक अन्धविश्वास केही होइन है । स्वर्ग, नर्क, देउता, राक्षस, भूतप्रेत अन्धविश्वास हो भन्छ । धर्मान्धता र अन्धश्रद्धाले मान्छेलाई अल्मल्याइ रहेको छ भन्ने ज्ञान यी पुस्तक पत्रिकाले पहिलेदेखि दिँदै आएको छ । यो इण्डियामा सबैभन्दा बढि पढिने पत्रिकामा पर्छ । 

लाइब्रेरीमा नअटाएका कति किताब बाहिरै छन् । यहाँ मनोविज्ञान, समाजशास्त्र र धर्मका विश्लेषण गरिएका किताब छन् । साधु सन्त, महाराजबारे लेखिएको किताब भने होइनन् यी । धार्मिक ग्रन्थहरुको विश्लेषणबारे किताब चाहिं बढि छन् । धर्म के हो ? भन्ने कुरा विदेशी लेखकहरुका कुरा छन् । आफूलाई मन परेका बेला पढ्छु पनि । 

मैले मनोविज्ञानको अध्ययनलाई पत्रकारितामार्फत् प्रयोग गर्दा डेस्कमा बस्नेले पनि बुझ्न जरुरी छ । उसले थाहा नपाएको विषय आयो भने त ऊ अल्मलिन्छ । कान्तिपुरका सम्पादक नारायण वाग्लेले चाहिं बेलाबखत भन्नुहुन्थ्यो, ‘समाजको मनोविज्ञान अनुसारको समाचार लेख्नुपर्यो ।’ एकदुई चोटि हाम्रो समूहको मिटिङमा भन्नुभएको थियो । तर डेस्क सम्पादकले बुझेन भने त फालिदिन्छ । पत्रिकाको म आफैं सम्पादक र आफैं मालिक भए त समाजको मनोविज्ञानलाई बिट बनाएर पत्रकारितामा प्रयोग पनि गर्थें होला । हामी त ‘बाह्र मसला छत्तिसे सब्जी’ । गल्फ खेल्न आउँदैन, किक्रेट बुझिंदैन तर पनि कनीकनी लेख्नुपर्छ । हाम्रो बाध्यता पनि छ । 

यहाँलाई बहुआयामिक व्यक्तित्वका रुपमा चिनिन्छ । आफैं कवि हुनुहुन्छ । पत्रकारिता गर्नुहुन्छ र कथा संग्रह प्रकाशित छ । एउटा कथा त युनिभर्सिटीको कोर्समै पढाइ हुँदै आएको थियो । युवा अवस्थाका सुरुका चरणमा लेखिएका कविता कति कविले चाहिं मिल्काउँदा रहेछन् । तपाईंले मन नपरेका पुस्तक मिल्काउनु भएको छ कि छैन ?

– मिल्काइ त हालिनँ । त्यतिबेला राम्राराम्रा किताबहरु किन्न पाइएन । पहिले पहिले जानकारीको अभाव र आर्थिक अभावले पनि कमसल दर्जाकै किताबहरु किनिएछ । त्यस्ता किताबहरु नयाँ पढ्न चाहाने पाठकका लागि काम लाग्छ भनेर साथीहरुलाई दिएँ । कति लाइब्रेरीमा दिएँ ।

पुस्तकहरु पढेर पत्रकारितामा विषय छनोट गर्ने त्यस्तो अवसर आयो कि आएन ? 

– पुस्तक पढेरै चाहिं भौतिक ‘स्किल’ बढाउने काम त आएन । मानसिक बौद्धिक ‘स्किल’ चाहिं आफ्नो लागि बढ्यो । पुस्तक पढ्नु चाहिं मेरो आफ्नो शोख । अरुलाई प्रवचन दिने र सिकाउने काम चाहिं प्राध्यापकहरुले, शिक्षकहरुले गर्नु होला । आफ्नै लागि पढें । 

मनोविज्ञानका धेरै पुस्तक पढ्नु भएछ । यहाँ पनि धेरै पुस्तक देखिरहेको छु । मनोविज्ञानलाई पत्रकारितामा प्रयोग गर्न सकिने रहेछ कि रहेनछ ? 

– यो चाहिं मलाई अलिक खट्केको विषय हो । मनोविज्ञानमा चाहिं मैले ‘टेक्स्टबुक’ भन्दा बाहिरका किताबहरु पढें । मनोविज्ञानमा पनि धेरै विषयहरु रहेछन् । ती किताब पढेरै थाहा भयो । औद्योगिक मनोविज्ञान पनि हुने रहेछ । सामान्य मनोविज्ञान, असामान्य मनोविज्ञान हुँदो रहेछ । पहिले त मनोविज्ञान भन्ने मात्र सुनिएको थियो । पछि समाज मनोविज्ञान, व्यक्तित्व मनोविज्ञान, फेसन मोडलिङका मनोविज्ञान अनेक विषय हुने रहेछन् । रिपोर्टिङमा यी विषय त आउलान् तर म यहाँ धरानमा बस्ने भएकाले मैले मनोविज्ञानको अध्ययनलाई पत्रकारितामार्फत् प्रयोग गर्दा डेस्कमा बस्नेले पनि बुझ्न जरुरी छ । उसले थाहा नपाएको विषय आयो भने त ऊ अल्मलिन्छ । कान्तिपुरका सम्पादक नारायण वाग्लेले चाहिं बेलाबखत भन्नुहुन्थ्यो, ‘समाजको मनोविज्ञान अनुसारको समाचार लेख्नुपर्यो ।’ एकदुई चोटि हाम्रो समूहको मिटिङमा भन्नुभएको थियो । तर डेस्क सम्पादकले बुझेन भने त फालिदिन्छ । पत्रिकाको म आफैं सम्पादक र आफैं मालिक भए त समाजको मनोविज्ञानलाई बिट बनाएर पत्रकारितामा प्रयोग पनि गर्थें होला । हामी त ‘बाह्र मसला छत्तिसे सब्जी’ । गल्फ खेल्न आउँदैन, किक्रेट बुझिंदैन तर पनि कनीकनी लेख्नुपर्छ । हाम्रो बाध्यता पनि छ । आर्थिक र ‘पोलिटिकल बिट’ बाहेक उपत्यका बाहिर फस्टाएको देखिंदैन । 

किताबहरु पढेर उत्प्रेरणा लिने, पुस्तकालय नै खोल्ने, केही गरौं भन्ने समय थियो होला नि ? जस्तै हामीले जोन उडका ‘माइक्रोसप्टदेखि बाहुन डाँडासम्म’लगायतका किताब पनि पढ्यौं । 

– खासमा हामी केही न केही गरिरहेका हुन्छौं । पढेर नै गर्ने हो । कलेजमा पढेर होस् वा स्वाध्ययन गरेर । पुस्तक पढेर मेरो जिन्दगीमा नै ‘ट्विस्ट’ भने आएको छैन । त्यसका लागि धेरै नै समय जुर्नुपर्ला । समयले पनि साथ दिएको हुनुपर्ला । हामी पत्रकारितामा लागेका छौं । जसरी गिट्टी कुट्नेले दुईचार टिन गिट्टी कुट्छ । बेचेवापत् आउने ५–७ सयले बेलुकाको छाक टार्छ । त्यस्तै छ हाम्रो पत्रकारिता छ । नेपालमा पत्रकारहरु रातदिन किबोर्डका गोटीहरु कुट्छन्, त्यति गर्दा पनि खान नपुग्ने अवस्था छ । त्यो अवस्थाका पत्रकारहरु किताब पढेर रातारात जिन्दगीलाई ‘ट्विस्ट’ गराउन गाह्रो छ । रातदिन ज्यालादारीमा समाचार उत्पादन गरेवापत् खाने मान्छे हौं । ठूलो कम्पनी मालिक परिएन । मेरो चाहिं जीवन ‘ट्विस्ट’ भएन । 

प्रदीप मेन्याङ्बो (1)

केही किस्साहरुका कुरा गरौं । विद्यार्थी जीवन पनि त्यस्तै हुन्थ्यो । किताब पढ्दापढ्दै भातै पकाउन बिर्सिने, खाने त कुरै छाडौं । एकै बसाइँमा किताब पढिसक्नुपर्ने त्यस्ता किस्साहरु छन् भने सेयर गरौं न । 

– जसरी मान्छेका अहिले मोबाइल खेलाउँदा खेलाउँदै भातै डढाई पठाएको, दूधै उमाली पठाएको, तिउन–तरकारी नै डढाई पठाएको घटना छन् । त्यसरी नै उहिले मोबाइल इन्टरनेट नहुँदा ज्ञान प्राप्त गर्ने, आनन्द लिने, कथा उपन्यास कविता पढ्नुपर्थ्यो। ग्याँसचुलामा कितली र पानी बसाएको थिएँ । पढ्दापढ्दै भुलेछु । ग्याँसमा जलेर कित्ली त दुलो–भ्वाँङ पो परेछ । त्यस्ता घटना थुप्रै छन् । पढ्न थालेपछि समय बितेको थाहै नहुने । राति ढोका नलगाउने, मूल चेनगेटै लगाउन बिर्सेको छु । कति पटक गाली खाएको छु । सरफमा लुगा भिजाएर एकछिन पढ्न थाल्यो । आधाघण्टापछि आउँला भनेर पढ्यो । भुसुक्कै । किताब पढ्दापढ्दै सरफले लुगै बिगारिदिन्थ्यो । भरे हेर्दा त लुगा त इन्द्रेणी पो भइराखेको । एउटाको रंग अर्कोमा अर्कोको रंग अर्कैमा ।   

आफैंले कमाएको त्यसबेलाको डेढलाख रुपैयाँ किताबमै खर्च गरें भन्नु भयो । यतिका रकम खर्च गरेपछि किताब माग्नेलाई दिन पनि लोभै लाग्थ्यो होला । किताब लाने शत्रु कति छन् ? किताब नफर्कने, यसलाई चाहिं अब दिन्न है भनेर कसम खाएका किस्सा पनि होलान् ? 

– आफूलाई पढ्न मन लागेको विषय छ भने किनेर पनि पढ्ने । जति पैसा लाग्छ किनेरै पढ्ने मेरो बानी । किताबको सरदर अधिकतम दश बाह्र सय नै हो । त्यति पैसा लगाएर भए पनि आफ्नो निजी बनाएर पढ्ने । आफैंले किनेर पढिसकेपछि आफ्नै लाइब्रेरी बनाउने । किताब किनिसकेपछि एकचोटिलाई मात्रै होइन नि । त्यो त दुई–चार, पाँच वर्षपछि पनि फेरि पढ्न सकियो । ‘रिफ्रेन्स’का रुपमा प्रयोग गर्न सकियो । प्रसंग आउँदा पढ्ने । नयाँ पुस्तालाई काम लाग्छ भनेर राख्ने । डकुमेन्टेसनका लागि राख्ने । म किताब अरुलाई दिन चाहिं दिन्थें । तर लाने साथीले पनि ६ महिना एकवर्ष नफर्काएपछि बिर्सिहालिने रहेछ । कसले लग्यो, लग्यो । बिर्सिन्छु भनेरै हत्तपत्त किताब दिन्नँ । किताब हराउँछ भनेर पनि मैले घरको सबैभन्दा ‘टप’मा लाइब्रेरी बनाएर राखेको हो । मान्छे हत्तपत्त ‘टप’मा त आइपुग्दैन । जो सुकै पनि माथि छिर्ने कुरा भएन । अलग्गै राखेको छु । 

मेरै कथा समेटिएको पुस्तक खोज्दा आनन्दले गाली खा’को छु । किताबमा मेरो कथा संग्रह ‘पुरुषगन्ध’ भित्रको ‘अन्नाउन माःट’ (अज्ञात सहिद) भन्ने कथा टियुले समावेश गरेको रहेछ । त्यो मलाई प्राडा गोविन्दराज भट्टराई सरले अलिपछि जानकारी दिनुभयो । लगत्तै अर्जुनबाबु माबोहाङले ‘टियुको पाठ्यक्रममा कथा परेको रहेछ हौ, मैले हेरे त’ भनेर जानकारी दिए । उहाँले काठमाडौं गएका बेला देख्नु भएको रहेछ । मलाई थाहा छैन फेरि । धरानतिर होला पुस्तक पसलमा विद्यार्थीले पढ्नुपर्छ । किनिराख्नुस् न काम लाग्छ भन्नु भयो । अनि म पनि खोज्दैखोज्दै गएँ । धरान भानुचोकको द्वारिका पुस्तक पसलमा रहेछ । 

अहिलेको समयमा मान्छेले किताब नपढेको देख्दा कस्तो लाग्छ ? 

– किताबको सन्दर्भमा समय परिवर्तन पनि भयो । किताब पढेजस्तो आनन्द चाहिं अरुमा छैन । हामीसँग मोबाइल छ । टेलिभिजन छ । इन्टरनेट छ । पीडिएफ फाइल हेर्न पाइन्छ । तर महँगा किताबका पिडिएफ पाइँदैनन् । धेरैले भन्छन् डिजिटल जमाना आयो, त्यसैमा छ । तर मैले चाहेको किताब त्यहाँ नपाउन सक्छु । किताब पढेजस्तो आनन्द पनि हुँदैन । डिजिटल प्लेटफर्म छ । पढ्न पाइहालिन्छ भन्ने पनि छ । तर त्यहाँ पनि किन्नै पर्यो । तर जसरी पनि ज्ञान प्राप्त गर्ने कुरा हो । अनलाइनमार्फत् पढे पनि । तर सर्त अध्ययनको हो । अध्ययन जरुरी छ । 

कति समयको अन्तरालमा यो पुस्तकालय तयार भयो ?

– म ०४८–५० मा धरान आ’को, पढ्नका लागि । त्यहाँदेखिकै यता हो । अहिलेसम्म ३० वर्ष भएछ । 

३० वर्षमा कति खर्च गर्नु भयो किताबमा ? 

– दुईतीन बोरा तर झुक्किएर अरुले एकरुपे किलोमा बिक्री गरिदिए । त्यहाँ अरुन्धती रोयको पुरस्कृत किताब पनि थिए । ४ बोरा जति लाइब्रेरीहरुलाई दिएँ होला । त्यस्तै यहाँ मेरो लाइब्रेरीमा मात्रै पनि ४ लाख रुपैयाँ जतिको पुस्तक छ । मसँग नेपालीभन्दा पनि हिन्दी किताब धेरै छन् । 

पुस्तकका सम्बन्धमा गाली खानु भएको छ कि छैन ? 

– गाली चाहिं.. त्यो चाहिं मेरै कथा समेटिएको पुस्तक खोज्दा आनन्दले गाली खा’को छु । किताबमा मेरो कथा संग्रह ‘पुरुषगन्ध’ भित्रको ‘अन्नाउन माःट’ (अज्ञात सहिद) भन्ने कथा टियुले समावेश गरेको रहेछ । त्यो मलाई प्राडा गोविन्दराज भट्टराई सरले अलिपछि जानकारी दिनुभयो । लगत्तै अर्जुनबाबु माबोहाङले ‘टियुको पाठ्यक्रममा कथा परेको रहेछ हौ, मैले हेरे त’ भनेर जानकारी दिए । उहाँले काठमाडौं गएका बेला देख्नु भएको रहेछ । मलाई थाहा छैन फेरि । धरानतिर होला पुस्तक पसलमा विद्यार्थीले पढ्नुपर्छ । किनिराख्नुस् न काम लाग्छ भन्नु भयो । अनि म पनि खोज्दैखोज्दै गएँ । धरान भानुचोकको द्वारिका पुस्तक पसलमा रहेछ । मूल्य हेर्यो, करिब सात सय रुपैयाँ पर्ने रहेछ । ठूलो मोटो भएपछि आफ्नो कथा कहाँनेरि छ भनेर पनि खोजियो । एकछिन् पढौं न त भन्दा पुस्तक बेच्ने साहुजीले लामो समय भएपछि ‘हैट यता ल्याउनुस् यही पढेर सिध्याउन लागेको हो कि क्या हो ?’ भनेर मेरो हातबाट किताब फुत्त खोसेर लगे । ‘किनेर पढ्नु नि, ग्राहकहरु आउँछ तपाईं यहाँ बीचमा बसेर, रुँगेर पढ्ने हो ?’ भनेर गाली ग¥यो । किन्ने चाहिं मसँग ठ्याक्कै त्यतिखेर पैसा नभएको । गोजीमा पचास रुपैयाँ मात्रै थियो । बाँकी पनि नदिने, नचिन्ने पनि । उसले किताब लगेर थन्क्यायो । 

छाता चोकमै पनि परेश स्टेशनरी छ । राजकुमार दिक्पाल दाइले किताबको पेज मोबाइले खिचेर पठाइदिनू भन्नु भयो । पैसा नहुँदा किन्ने कुरा भएन । एकपल्ट त मोबाइले खिचेर पठाइदिएँ पनि । अर्कोपल्ट पनि दिक्पाल दाइले अह्राउनु भयो । फेरि खिच्न गएको साहुजी बिच्कियो । ‘हुँदैन यो, बिक्री नै हुँदैन । यसरी खिच्ने’ भनेर पनि गाली खाइयो । 

हामीले कस्ता किताब चाहिं पढ्नुपर्ने रहेछ ? हालै पढेका किताब वा सिफारिस गर्नु पर्ने भयो भने ? 

किताब सिफारिस ‘राइटर’हरुले गर्छन् । कतिपय पाठकले पनि किताब पढ्न सिफारिस गर्छन् । यो काठमाडौंको चलन हो । यो चाहिं किताबी किरा (बुकवर्म) ले गर्छन् । वास्तवमा म चाहिं सिफारिस गर्दिनँ । मेरो ‘इन्ट्रेस्ट’ सोसियोलोजी, साइकोलोजी र मुन्धुममा छ । त्यो सिफारिस गरिदिऔंला । तपाईंको इन्ट्रेस्ट चाहिं पोलिटिक साइन्समा होला वा पाश्चात्य साहित्यमा होला । अथवा  इण्डियन धर्मदर्शनसम्बन्धी होला । साहित्य पनि विभिन्न दृष्टिकोणबाट लेखिएको हुन्छ । पाठक कस्तो छ ? पाठकलाई मन नपर्न पनि सक्छ । 

किताबमा नयाँ कुरा खोज्नुपर्छ । नेपालभित्रकै कुरा पनि खोज्नुपर्छ । मुन्धुम भलै पुरानो होला । तर हामी पाठकका लागि नयाँ भएको छ । त्यो भर्खरैमात्र लेखिने काम भयो । मुन्धुम सम्बन्धी वैरागी काइँलाले किताबहरु लेख्नुभएको छ । उहाँका किताबहरु लिम्बू भाषामा मात्र छैन । नेपालीमा पनि छ । त्यहाँ अर्कै संसारभित्र पसेजस्तो हुन्छ । धेरै ज्ञान, प्रेम, सामाजिक, सांस्कृतिक कुरा छन् । याक्थुङ मुन्धुम हेर्नुपर्छ । अहिलेका लागि लिम्बू, गैरलिम्बू सबैका लागि नयाँ हुन्छ । 

भनेपछि तपाईंले चर्चा कमाएका पुस्तकहरुको पछि लाग्ने काम गर्नु भएन छ भन्ने बुझ्दा हुन्छ ? 

– लागिनँ । यो कुरा ठीक हो । बजारमा चर्चित पुस्तकका पछाडि चाहिं म लागिनँ । यो साँच्चै हो । चर्चित किताब के लाई भन्ने लेखक कि लेखकले लेखेको किताबलाई भन्ने ? लेखक ‘ब्राण्डेड’ छ भने उसले कस्तो लेख्यो भन्दा पनि लेखकको नामबाट चर्चा सुरु हुन्छ । कुनै लेखक स्थापित हुन सकेको छैन । तर उसले राम्रो लेख्यो भने पनि त्यसले ‘मार्केट’ पाएको हुँदैन । त्यस्तो अवस्था धेरै छ । पब्लिकेसन हाउसले व्यवसायिक रुपमा निकाल्न खोज्छन् । लाखौं लगानी गरिसकेपछि विज्ञापन हुन्छ । विज्ञापन हुँदा ‘स्टण्ट’बाजी हुन्छ । भित्र गुदी छैन । प्रचारबाजी चाहिं राम्रो छ । धेरै प्रचार भएका किताबको पछाडि पनि ‘दाल में कुछ काला हे’ भन्ने हुन्छ ।

पढ्ने मान्छेले चाहिं कस्ता विषयको छनोट गर्न पर्ला त ? 

– विषयका कुरा गर्दा पढ्ने मान्छेले आख्यान, गैरआख्यान दुवै पढ्छन् । अहिले किताबहरु राजनीतिक, आर्थिक, सामाजिक, मनोविज्ञान, खेलकुदका धेरैभन्दा धेरै प्रकाशित भइरहेका छन् । साहित्यका किताब आइरहेका छन् । मदन पुरस्कार, पद्मश्री, साझा पुरस्कार पाइरहेका छन् । किताबमा नयाँ कुरा खोज्नुपर्छ । नेपालभित्रकै कुरा पनि खोज्नुपर्छ । मुन्धुम भलै पुरानो होला । तर हामी पाठकका लागि नयाँ भएको छ । त्यो भर्खरैमात्र लेखिने काम भयो । मुन्धुम सम्बन्धी वैरागी काइँलाले किताबहरु लेख्नुभएको छ । उहाँका किताबहरु लिम्बू भाषामा मात्र छैन । नेपालीमा पनि छ । त्यहाँ अर्कै संसारभित्र पसेजस्तो हुन्छ । धेरै ज्ञान, प्रेम, सामाजिक, सांस्कृतिक कुरा छन् । याक्थुङ मुन्धुम हेर्नुपर्छ । अहिलेका लागि लिम्बू, गैरलिम्बू सबैका लागि नयाँ हुन्छ । 

उहिले प्रकाश कोविदका उपन्यास एक बसाइमा पढिन्थ्यो । कथा पनि जेलिएको हुँदैनथ्यो । अहिले मोटो ७–८ सय पेजका किताबमा पात्रहरु पनि बिर्सिएर हैरान । न सलल बगेकै हुन्छ । मान्छेसँग समय पनि छैन । मैले चाहिं आख्यान कम पढिरहेको छु । कतिपय पढौं न भनेर बसियो नतानेपछि त्यतिकै छोडिएको पनि छ । 

Pradeep Menyangbo

र्‍यापिड फायर खेलौं ? 

– खेलौं ...

लामो यात्रामा पढ्नु भएको किताब ?

– लामो यात्रामा मैले पढिनँ । गाडी वा कुनै सवारी साधन प्लेनमा रिंगटा चल्ने सम्भावना हुन्छ । सवारी यात्राको बेला किताब पनि पढ्दिनँ, मोबाइल पनि खेलाउँदिनँ । 

छुट्टीमा बस्दा पढेको किताब ? 

– छुट्टीमा बस्दा वैरागी काइँलाका किताबहरु छन् ।

लकडाउनमा पढेका किताबहरु ?

– पुराना किताबहरु दोहोर्याएँ । ऐना भन्ने पुस्तक पनि पढें । छिचोल्न सकिनँ । 

पत्रपत्रिका कि किताब ? कस्तो तुलना हुन सक्ला ? 

ज्ञानको स्रोत दुवै हो । पत्रपत्रिका चाहिं वर्गर हो । फस्ट इन्फर्मेसन हुन्छ । यो अपडेट भइरहन्छ । किताबले सधैंका लागि ज्ञानको भोग मेटिदिन्छ । वर्गरले दुई घण्टा मात्र थाम्छ । पत्रपत्रिका म ‘म्याक्सिमम’ पढ्छु । राष्ट्रिय र लोकल उपलब्ध सबै । र, सबै लोकल पत्रिका दैनिक साप्ताहिक सबै पढ्छु । म लोकल पत्रिका र अनलाइनमा स्थानीय इस्यूहरुलाई खोज्छु । स्थापित र राम्रा चलेका अनलाइन पनि सबै हेर्छु ।