धरानमा दोस्रो चरणको डेंगी संक्रमित देखिन थालेका छन् । पहिलो चरणका संक्रमण केही घट्दो अवस्थामा रहे पनि डेंगीपीडितलाई दोस्रो पटकसमेत संक्रमण पुष्टि हुन थालेको छ । डेंगी संक्रमण नियन्त्रणमा आलोचित धरान उपमहानगरमा राजनीतिक दलहरुले संक्रमण नियन्त्रणका लागि अभियान चलाउन थालेका छन् ।

 

नेकपा एमालेले डेंगी न्यूनीकरण तथा नियन्त्रणका लागि लार्भा सर्च एण्ड डिस्ट्रोय साथै स्प्रे अभियान धरानमा सुरु गरेको छ । धरान ८ स्थित सभागृहबाट सुरु भएको अभियानमा नेकपा एमालेका नेता कार्यकर्ता सहभागी छन् । 

विशेषज्ञसहितको लार्भा सर्च एण्ड डिस्ट्रोय साथै स्प्रे अभियानमा विज्ञद्वारा सिफारिस गरिएको मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने औषधि प्रयोग गरी डेंगी नियन्त्रणका लागि फगिङ र स्प्रे थालिएको धरान एमाले सचिव राजेन्द्र राईले जानकारी दिए ।

अभियानमा एमाले कार्यकर्तासँगै निर्वाचित सदस्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, सांसद तथा निवर्तमान सांसदहरुको उपस्थिति रहेको छ । आज सभागृहबाट सुरु भएको अभियान धरान ८ र १९ मा सञ्चालन गरिने छ । धरानका सबै वडामा अभियानालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए ।    

Uml dharan dengue search and destroy campaign (1)