विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।
थापाले आजै सानो मन्त्रीमण्डल गठन गरेका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादी बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिएका छन् । नियुक्त भएका मन्त्रीलाई नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।
माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुंगो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट सपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।