झापाको कमल गाउँंपालिकामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

गाउँपालिकाको ३ नम्बर वडा स्थित  केर्खा-क्याम्पा सडकखण्डको केराधापमा बिहीबार  बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल ३ का  ५ वर्षीय  जनम थापा रहेको जिल्ला ट्राफिक प्रहरी कर्यालय झापा, बिर्तामोडले जानकारी दिएको छ । 

कार्यालयका अनुसार  केर्खाबाट बैगुनधुरा तर्फ जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कदै गरेका जनमलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट  घाइते कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत बालकलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको  कार्यालय  जनाएको छ ।

दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।