‘पहिचानका लागि युवा’ सुनसरीले धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरेको छ ।

युथफर आइडेन्टीटीले आज शुक्रबार नगर प्रमुख राईलाई कार्यकक्षमा भेटेरै कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरेको हो । 

नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृतलाई कोशी प्रदेश नामको विरुद्ध आफूहरुको आन्दोलन जारी रहेको अवगत गराउँदै उपमहानगरको कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गरिएको पहिचानका लागि युवा सुनसरीका संयोजक राजु के राईले बताए । 

उनले आफूहरुको आग्रहलाई नगर प्रमुख राईले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । ‘लेटरप्याड र छापको बारेमा मलाई भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई भन्दा राम्रो भन्नुभयो मेयर साबले, त्यसपछि, हामीले प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ध्यानाकर्षण गराएका छौं ।’ नगर प्रमुखको भनाइ उद्धृत गर्दै संयोजक राईले भने । 

Pahichan ka lagi yuva sunsari (1)

यस अघि पनि धरान उपमहानगरपालिका बन्द गर्दै धरानका नगर प्रमुखलाई पहिचानवादी १४ घटकले कोशी लेखिएको उपमहानगरको लेटरप्याड र छाप प्रयोग नर्गन आग्रह गरेका थिए भने । मुख्य गेट अगाडि लेटरप्याड जलाएका थिए ।