धरानमा आगामी जेठ २६–२७ गते महिला राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । 

‘महिला हिंसाविरुद्धको आवाज तथा महिला रुचि र महिला सहभागिता’ को नारा दिइएको बिपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता– २०८० धरान रंगशालास्थित सेमी कभर्डहलमा आयोजना गरिने छ । 

Mahila Karate Dharan

सितोरियो कराँते परिवार धरानको आयोजना र धरान उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता हुन लागेको हो । शुक्रबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक कुविरमान राईले ३५ केजीदेखि ६८ केजीमाथि तौल समूहका ८ इभेन्ट्स साथै एकल काता र समूह कातामा स्पर्धा हुने जानकारी दिए । 


प्रतियोगितामा एउटा प्रदेश वा टिमबाट १४ जनको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेता टिमले गोल्डमेडलसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ भने टिम दोस्रोले सिल्भर मेडलसहित नगद ३० हजार र तेस्रोले मेडलसहिति नगद २० हजार रुपैयाँ प्राप्त गर्ने छ । 

प्रतिस्पर्धामा कुल १४ लाख ९२ हजार ७ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ  ।

Mahila Karate Dharan  (1)