पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकले सर्वत्र हीत गरेको बताएका छन् ।

पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न धरानमा प्रेस युनियन सुनसरीद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले राष्ट्रपतिले संसदीय सर्वोच्चता र संवैधानिक सर्वोच्चताको सम्मान गर्दै प्रमाणीकरण गरेको विधेयकलाई गलत तरिकाले परिभाषित नगरिदिन संचारकर्मीमाझ आग्रह गरेका छन् ।



बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले वि. स. २००९ देखि सोही कानुनले निरन्तरता पाएको बताए । विदेशी नागरिकलाई नागरिकता दिन लागेको भनेर गलत प्रचार गर्न नहुने बताए ।

वैवाहिक अङ्गिकृत र अङ्गिकृत नागरिकलाई विधेयकले नछोएको बताए ।

'एमालेले विरोध गर्न तुक छैन, अध्यादेशमार्फत् यही विधेयक एमालेले ल्याउन खोजेको थियो,  नेता विश्वकर्माले भने, 'दूरगामी महत्वलाई असर पर्ने गरी निर्णय नगर्नू ससदबाट पारित गरेर ल्याउनु भनेर अदालतले आदेश दिएको थियो ।'

Min bishwakarma congress leader dharan

आफैं प्रस्ताव गर्ने संसदमा उपस्थित नहुने एमालेको गैरजिम्मेवारीपन भएको नेता विश्वकर्माले आरोप लगाए ।

'नागरिकता विधेयक ओलीजीले प्रस्तुत गर्नु भयो, हामीले पारित गर्यौ, काङ्ग्रेस विधि र पद्धतिमा चल्ने पार्टी हो गैरजिम्मेवार हुदैनौं,' नेता विश्वकर्माले भने, 'फिजीकरण हुने भनेको बजारको हल्ला हो, हल्लाका पछि नलागौ ।'

'एक हातमा सिन्दुर, एक हातमा नागरिकता' भन्ने तपाइहरु नै होइन? संचारकर्मीलाई नेता विश्वकर्माले प्रश्न गरे, 'सिडियोले सिन्दुर हाल्दिने हो?' सन्चारजगतै हल्लाको पछि लागे के हुन्छ?

'सबैको पहलले धरानमा पानीका लागि बजेट छुट्टियो'

सर्वदलीय डेलिकेशन गएपछि धरानमा खानेपानीका लागि बजेट छुट्टिएको पूर्व मन्त्री तथा काङ्ग्रेस नेता विश्वकर्माले बताएका छन् ।

स्वतन्त्र मेयरको भर पर्दा धरानपछि पर्ने भयो भन्ने ठानेर सबै दलले खानेपानीको माग गरेपछि बजेट विनियोजन भएको नेता विश्वकर्माले बताए ।

Min bishwakarma dharan press meet

मेयरको पनि कडा अभिव्यक्तिले पनि आयो भन्नू पर्छ, उहाँले दण्ड जरिवाना गर्ने किसिमले नै अभिव्यक्ति दिनु भएको थियो ।

धरानको खानेपानीको समस्या एक पार्टी, एक जाति, एक व्यक्तिको होइन, सारा धरानेको समस्या हो, खानेपानीको समस्याले धरान नै विकासमा पछि परेको छ । होटल, उद्योग खुल्न सकेको छैन ।

लेउतीसम्मको सुरुङ मार्ग बहुउद्देश्यीय आयोजनाअन्तर्गत ल्याउने योजना छ, तमोरको पानी नै धरानको लागि दीर्घकालीन समाधान हो । अर्थ मन्त्रालयसग कुरा भएको छ, मन्त्रालय उत्साहित छ, बहुवर्षीय आयोजनाअन्तर्गत राख्न उत्साहित छ ।' नेता विश्वर्माले भने ।

निर्वाचनताका लेउती सुरुङमार्ग र खानेपानी योजनालाई ड्रीम प्रोजेक्टका रुपमा प्रचार गरे पनि बजेटमा भने नसमेटिदा नारामा मात्र सीमित भएको छ ।