घरेलु रक्सी र गाँजालाई वैधानिकता दिन कोशी प्रदेश सभामा माग गरिएको छ ।

गाँजालाई वैधानिक गरेमात्रै पनि प्रदेशको बजेटमा ३० प्रतिशत आन्तरिक स्रोत थप हुने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा प्रदेश सभामा बिहीबार बोल्दै प्रदेश सभा सदस्य राजन किरातीले घरेलु रक्सी र गाँजालाई वैधानिकता दिन माग गरेका हुन् ।

आयातित बहुराष्ट्रिय कम्पनीका मदिराभन्दा घरेलु रक्सीको माग बढी रहेको भन्दै प्रदेश सभा सदस्य किरातीले घरेलु मदिरालाई ब्राण्डिङ गर्न र गाँजालाई नगदे बालीका रुपमा विकास गर्न र कृषकलाई खेती गर्न प्रोत्साहित गर्नुपर्ने प्रदेश सांसद किरातीले बताए ।

उनले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

उनले सैद्धान्तिक उत्पादनको कुरामात्र गर्ने बताए ।  धरानको मेयरले श्रम संस्कृतिको विकास गर्न खोजेको प्रशंसा गर्दै सासद किरातीले नेताहरु श्रम गर्नभन्दा ठग्न थालेको बताए ।
'हामी नेपाली चाहिँ के भा'को हामी श्रम गर्न सक्छौं कि सक्दैनौं, लु हाम्रो प्रदेशबाट सुरु गरौं , मानवलाई उत्पादनमा लगाऔं, श्रम नगर्ने र कोरा कल्पना गर्ने मात्र भयौ ।' सांसद किरातीले भने ।
उनले प्रदेश सरकारलाई पर्यटन, जडिबुटी, उर्जा र कृषि उद्योगको क्षेत्रमा बजेट विनियोजन गर्न माग गरे ।