धरान । कोशी नाम विस्थापित गरी किरात प्रदेश स्थापित गर्न किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिले सांस्कृतिक, राजनीतिक र रचनात्मक आन्दोलन गर्ने गरी धरान घोषणा–पत्र २०८० जारी गरेको छ ।

सङ्घको धरानमा सम्पन्न तीन दिने छैठौँ राष्टिूय सम्मेलनले ६ बुँदे धरान घोषणा–पत्र सार्वजनिक गर्दै प्रदेश १ को नाम किरात स्थापित गरिछाड्ने भएको छ । त्यस्तै किरात मौलिक गीत–सङ्गीत, जीवन व्यवहार पद्दतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्ने पनि घोषणा गरिएको नवनिर्वाचित अध्यक्ष शालिक सतासक राईले सोमबारको पत्रकार सम्मेलनमा बताए । उनले किराती समुदायसँग सामारिक महŒव राख्ने गढीकोट ऐतिहासिक स्थल, संस्कृति, मुन्दुमी संस्कारहरूको संरक्षण र प्रवर्धन गरिने घोषण–पत्रमा समावेश गरिएको छ ।

बन्दसत्रले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रोशन चाम्लिङ राई, सुशीला राई, राई नवीन, महासचिवमा पदम थुलुङ चयन भए । यस्तै सचिवमा मुकेश राई, सुखकला राई, डीबी राई र कोषाध्यक्षमा मेनुका राईलगायत सदस्य चयन भएका छन् ।

सम्मेलनमा सङ्घमा आबद्ध १३ वटा शाखा समितिका गरी करिब १ सय २० जना प्रतिनिधि सहभागी रहेका थिए । धरानको भानुचोकमा सांस्कृतिक झाँकीसहित भएको सम्मेलनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईले गरेका थिए ।