धरान । बेस्ट स्नुकर हाउस क्लबको आयोजनामा सोमबारदेखि दोस्रो खुला धरान स्नुकर च्याम्पियनसिप २०८० सुरु भएको छ ।

धरान–१९ स्थित हरियालीमा सुरु भएको प्रतियोगितामा धरानलगायत विभिन्न स्थानका खेलाडीहरू सहभागी रहेका छन् । खेलमा रञ्जित राई, प्रभु ल्वागुन, नरेश, विवेक काफ्ले, करन मगर र प्रवेश लिम्बू दोस्रो चरणमा प्रवेश गरेका छन् । उनीहरूले सामुएल राई, राजकुमार राई, सुजन, विपिन राई, सञ्जय पाण्डे र सुदन राईलाई पराजित गरेको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा धरान–१९ का सदस्य लोकेन्द्र राई, धरान–१२ का सदस्य ब्रमज्ञ भट्टराई, धरान–७ की सदस्य रमिता श्रेष्ठ, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ की कोषाध्यक्ष रविना गुरुङलगायत सहभागी रहेका थिए । प्रतियोगिता ९ दिनसम्म सञ्चालन हुने आयोजकका किरन श्रेष्ठले जानकारी दिए ।